काठमाडौं, चैत २१ - माओवादी अध्यक्ष प्रचण्डले बुधबार टु“डिखेलको चुनावी सभामा भने- 'एमाले र कांग्रेसले हारे अमेरिका र भारतले हार्छन् ।'
अमेरिकाविरोधीका रूपमा चिनिएका भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले केही महिनाअघि जनमतसंग्रहमा यस्तै नारा दिएका थिए । उनले भनेका थिए- 'मलाई भोट नदिनु भनेको अमेरिका र जर्ज बुसलाई जिताउनु हो ।'
संविधान संशोधन गरेर बढी शक्ति लिने चाभेजको प्रयास निर्वाचनमा पराजित भयो । यसपछि नीति विश्लेषणमा नामी बेलायती साप्ताहिक 'दी इकोनोमिस्ट' ले टिप्पणी गर्दै लेख्यो- 'बिनाप्रयास बुसले भेने जुएलामा निर्वाचन जिते ।' कांग्रेस र एमालेले जनताको मत पाए यस्तै टिप्पणी हुनेछ ।
अमेरिकाको जति विरोध गरे पनि माओवादी अध्यक्ष प्रचण्डले विश्व बैंकका उपाध्यक्षस“ग ४ पटक भेटे, पर्ूव अमेरिकी राष्ट्रपति कार्टरस“ग हात मिलाए, भारतीय राजदूतलाई पटकपटक भेटे र युरोप भ्रमण
गरे । व्यवहार जे भए पनि वापमन्थीहरूको अमेरिका विरोध नया“ होइन । छिमेकी भारतसहित विश्वभरका वामपन्थीहरूले दिने समान नारा छ । उनीहरू अमेरिकालाई 'साम्राज्यवादी' का रूपमा चित्रण गर्छन् ।
चार दिनअघि एमाले महासचिव माधवकुमार नेपालले यही मञ्चमा 'कम्युनिस्ट कब्जा हु“दैन' भन्दै पोलपोटलगायत कम्युनिस्ट तानाशाहीको विरोध गरेर आफूलाई फरक धारमा उभ्याए । त्यहा“ उनले माओवादीप्रति पनि आक्रामक अभिव्यक्ति दिए । यसअघि नेेेपालले सात दलको एकता अझै चाहिने र्सार्वजनिक गरेका थिए । केन्द्रीयस्तरका आमसभा नगरेको कांग्रेसले पनि अर्को पार्टर्ीीे विरोध गर्न पछि छैन । पार्टर्ीी आरोप प्रत्यारोपमा जनताका सवाल ओझेलमा छन् ।
पार्टर्ीीबीच देखिएको तीक्तता कम गर्न हालैको दसबु“दे सम्झौताले केही सघाएको छ । अझै देशको मूल मुद्दामा भने ऐक्यबद्धता आउन सकेेको देखि“दैन ।
निर्वाचन अनुगमनको बझाङको अनुभव सुनाउ“दै अर्थ सचिव -राजस्व) रामेश्वर खनाल भन्छन्- 'मैले द्वन्द्वमा नेपाल छाडेका थुप्रै युवालाई बाटोमा भेटे । उनीहरूको माग शान्ति र रोजगारी थियो ।' खनाल भन्छन्- सामान्य साक्षर यी युवालाई कसरी रोजगारी दिने यो चुनौती छ ।
गणतन्त्र र राजनीतिक अग्रमन निर्वाचनमा पार्टर्ीीको राजनीतिक मुद्दा हो । पछिल्लो जनआन्दोलनपछि यी स्थापित मान्यता भइसकेका छन् । जनता यसभन्दा बढी संविधानसभाले धेरै कुरा दिन्छ भन्ने बुझाइमा छन् । आमजनताको पहिलो र्सत भनेको शान्ति हो । शान्ति दिनेलाई जनता भोट दिन चाहन्छन् । यसपछि रोजगार, विकास, मह“गी नियन्त्रण आम जनताका सवाल हुन् ।
पार्टर्ीीका घोषणापत्रमा देशलाई संघीय बनाउनेदेखि १० वर्षा १० हजार मेघावाट विद्युत् उत्पादन, भूमिसुधारसम्मका प्रतिबद्धता छन् । विगतका निर्वाचनमा पनि यस्ता नारा आउ“थे । उपभोक्ताले अहिले चर्को मूल्यवृद्धिको सामना गर्नुपरेको छ । केही महिनायता चामल, खाने तेल, दाललगायतका वस्तुको मूल्य ३० प्रतिशतसम्म बढेको छ । सीमित र न्यून आय भएका परिवारलाई मूल्य वृद्धिले पिरोलेको छ । आम जनता यी सब कुरा बिर्सर्ेेचुनावी अभियानमा सरिक भएका छन् । बुटवल बजारमा भेटिएका युवा चुनावप्रति उत्साहित थिए । तर उनको गुनासो थियो- 'चुनाव उठ्नेमा पुराना पनि छन् उनीहरूले हाम्रा लागि केही गर्लान् र - ती युवाको चाहना पनि रोजगार नै थियो । सुनसरीका मतदाताले पनि विकास र रोजगारी चाहेका थिए । मोरङमा दर्ुइ पर्ूवअर्थमन्त्री चुनावी मैदानमा छन् । उनीहरूस“ग पनि जनताले जागिर र विकासै मागे । काठमाडौं-१ मा धेरै गृहिणीको चाहना खानेपानीको अभाव नहोस् भन्ने छ । यस क्षेत्रका उम्मेदवारस“ग मतदाताले खानेपानी मागेका थिए । खप्तडको उकालोमा गाईबस्तु गोठालो लाग्दै गरेका वृद्धको भनाइ उद्धृत गर्दै खनालले भने- 'तल बिजुली र सडक आएको छ भन्छन् । आफूले देखेको छैन । यहा“सम्म आए हाम्रो विकास हुन्थ्यो कि ।'
Friday, April 4, 2008
'मुलुक परिवर्तनको नेतृत्व काँग्रेसको काँधमा'-उपसभापति पौडेल
पोखरा, २२ चैत/ नेपाली काँग्रेसका उपसभापति तथा शान्ति मन्त्री रामचन्द्र पौडेलले नेपाली काँग्रेसको अग्रसरता विना मुलुकको स्थायी शान्ति असम्भव रहेको बताउनुभएको छ । 'नेपाली काग्रेसकै अग्रसरतामा मुलुकमा धेरै परिवर्तनहरु भएका छन् ।' कास्कीका विभिन्न ठाउँमा भएका चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो-'कम्युनिष्टहरु समस्या झिक्न सक्छन्, तर समाधान गर्न सक्दैनन् ।' लोकतान्त्रिक निकासको लागि काँग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै उपसभापति पौडेलले काँग्रेस बाहेक अन्य दलको नेतृत्व सम्भवना नभएको दावी गर्नुभयो । थारुहट, लिम्बुवान, खुम्बुवान, मधेको समस्याको समाधान नेपाली काँग्रेसले गरेको स्पष्ट पार्दै उहाँले काँग्रेसकै नेतृत्व अहिले पनि जनताले चाहेको ठोकुवा गर्नुभयो । 'कम्युनिष्टहरु समस्या उब्जाउँछन, जनतालाई भड्काउँछन र अन्त्यमा आफैं गुटमुटिन्छन् ।' पौडेलेको भनाई थियो-'काँग्रेसकै नेतृत्वको कारण चुनाव हुन लागेको हो ।'उहाँले संविधान सभा प्रजातन्त्र बचाउन अग्निपरीक्षाको रुपमा रहेका बताउँदै मुलुकमा दिगो शान्ति र स्थायितत्वको लागि काँग्रेसले नै जित्नुपर्ने जिकिर गर्नुभयो । 'महिल दलित, जनजातिको प्रतिनिधित्व एवं अधिकार सुनिश्चित गर्न काँग्रेसको बहुमत आउनुपर्छ ।' उहाँले भन्नुभयो-'अन्यथा जनताले चाहेजस्तो संविधान आउन असम्भव छ ।' मन्त्री पौडेलले महिला दलित र जनजातिको आवाजलाई उठाउन काम प्रतिनिधि सभाले गरेका प्रसंग उठाउँदै प्रतिनिधि सभा पनि काँग्रेेसकै पहलमा भएको स्पष्ट पार्नुभयो । 'लोकतन्त्र चाहनेले काँग्रेसमा भोट हाल्नुपर्छ ।' उहाँले भन्नुभयो-'काँग्रेसले नजिते अधिनायकवाद आउँछ ।' मन्त्री पौडेलले चैत २८ गतेको चुनाव फुत्किएको अवस्थमा मुलुक युगौंयुग पछि धेकेलिने बताउँदै तानाशाही र्फकने जानकारी दिनुभयो । 'चुनाव लोकतन्त्र र अधिनायक बीचको लडाँइ हो ।' उहाँले भन्नुभयो-'तर केहीले मुकुण्डो भिरेर तानाशाही फर्काउन खोजेका छन्, लोकतन्त्र बचाउन जनता जागरुक हुनुपर्छ।'
मादक पदार्थ बिक्रीमा रोक
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन हुने दिनभन्दा तीन दिनअगाडिदेखि तीन दिनपछिसम्म होटल, पसल, रेस्टुरेन्टसमेतका र्सार्वजनिक स्थलमा मादक पदार्थ बिक्री-वितरण तथा सेवन गर्न रोक लगाएको छ। र्सार्वजनिक स्थलमा लाठी, खुकुरी, भालालगायतका हातहतियार बोकी प्रदर्शन गर्ने, उत्तेजना तथा त्रास फैलाउनेजस्ता कार्य गर्न पनि स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी रोक लगाइएको कार्यालयले जनाएको छ। सोअनुसार चैत २५ देखि आगामी २०६५ वैशाख १ गतेसम्म ती काम गर्न पाइनेछैन।कसैले सो आदेशको बर्खिलाप हुने गरी मादक पदार्थको बेचबिखन तथा सेवन गरेमा र हातहतियार लिई हिँडेमा कानुनबमोजिम कारबाही हुने जनाइएको छ।
नेपालको दुवै टिम विजयी
प्रथम इन्डो-नेपाल अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट सिरिजको बिहीबार नेपालको यु-१९ र सिनियर टिमले विजय पाएका छन्।अल इन्डिया ट्वान्टी-२० क्रिकेट फेडेरेसनविरुद्धको सिरिजमा यु-१९ तर्फ४० रनको विजय पाएको नेपालले सिनियरमा १ सय ८ रनको विजय नतिजा निकाल्यो। यु-१९ को विजयमा पवन दासले ४९ र धनबहादुर कार्कीले ४८ रन तथा सोनाम गौतमले ४ र रितेश सिंहले ३ विकेटको योगदान गरेका थिए।त्यस्तै सिनियरमा महबुब आलमले अलराउन्ड प्रदर्शन गरेपछि नेपालको विजय सहज बन्यो। उनले अर्द्धशतक (५३) बनाउनुका साथै ३ विकेट पनि लिएका थिए। यशवन्त सुवेदीले ४० र राहुल विकले ३६ रनको थप योगदान दिए।
Wednesday, April 2, 2008
चार हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने
भद्रपुर, २० चैत । आसन्न संविधानसभा निर्वाचन शान्तिपुर्ण ढङ्गले सम्पन्न गर्नका लागि झापा जिल्लामा चार हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।सो अनुसार, नेपाल प्रहरी १ हजार ३११ र म्यादी प्रहरी एक हजार ५२९गरी नेपाल प्रहरीको तर्फबाट दुई हजार ८४० जना परिचालन गरिनेछ ।त्यसैगरी, सशस्त्र प्रहरीका ५४० र सशस्त्रतर्फो म्यादी १५५ गरी ६९५ जना परिचालन हुने बताइएको छ ।जिल्लाको ७०८ वटा मतदान केन्द्रको सुरक्षाका लागि ती सुरक्षाकर्मी परिचालन गरिने छ ।प्रत्येक मतदान केन्द्रमा कम्तीमा छ सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शङ्करप्रसाद कोइरालाले बताउनुभयो ।
काठमाण्डौंदेखि ढाकासम्मको सीधा बस सेवा संचालन गर्नुपर्ने
पोखरा, १९ चैत/नेपालका लागि बंगलादेश राजदूतबासका प्रथम सचिव मोहम्मद मन्जुर अजिजले पर्यटन प्रबर्द्धन गर्न काठमाण्डौंदेखि ढाकासम्मको सीधा बस सेवा संचालन गर्नुपर्ने बताउनुभएको छ ।'पर्यटन प्रवर्द्धन गर्न काठमाडौंदेखि ढाकासम्म सिधा बस सञ्चालन अनिवार्य छ ।' पोखरा उद्योग बाणिज्य संघले मंगलबार आयोजना गरेको नेपाल बंगलादेशबीचको ब्यापार ब्यवसाय बिकासको संभावना विषयक छलफल कार्यक्रममा उहाँले भन्नुभयो-'नियमित रुपम सञ्चालन गर्न सकिए पर्यटन आगमनमा उल्लेख्य बृद्धि हुने थियो । गतबर्ष५ लाख बंगलादेशीले भारतको र ३ लाखले युरोपको भ्रमण गरेका उल्लेख गर्दै उहाँले सिधा बस सेवा सञ्चालन भए नेपालमा वाषिर्क दुई लाख बंगलादेशी पर्यटक भित्रिने दावी समेत गर्नुभयो । गतवर्षपोखरा उद्योग बाणिज्य संघसँग भएको छलफलका क्रममा समेत काठमाण्डौ बंगलादेश सिधा बस सेवाको कुरा उठेपनि कार्यन्वयनको पहल नभएकोप्रति अजिजले गुनासो गर्नुभयो । बितेको अंग्रजी बर्षो जनवरीमा आठ सय बंगालादेशी पर्यटक नेपाल भित्रिएकोमा यो बर्षो सोही अवधिमा १ हजार ७ सय बंगलादेशी पर्यटक नेपाल भित्रिएको उहाँले जानकारी दिनुभयो । नेपाल र बंललादेशबीच हप्तामा ११ वटा उडान हुने गरेको छ । 'हवाईसँगै सिधा बस सेवा सञ्चालन भए बंगलादेशी पर्यटक बढ्छन् ।' उहाँले भन्नुभयो-'हवाई सेवा मात्रै भएकोले पनि बंगलादेशी पर्यटक नेपाल आउन नसकेका हुन् ।' बंगलादेशी पर्यटकहरु कम पैसा खर्च गर्ने स्वभावले पनि हवाई यात्रा गर्दै नेपाल आउन नसकेको उहाँले स्पष्ट पार्नुभयो । भारतीय पर्यटक प्रवर्द्धन गर्न काठमाडौं र पोखराबाट दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गरिएको छ । सिधा बस सेवा सञ्चालनले भारतीय पर्यटकहरुको आगमन पछिल्लो समयमा निकै उत्साहप्रद रहेका छ । गर्मीसिजन शुरुवातसँगै भारतीय पर्यटकको विशेष गरी पोखरा घुम्न आउने गरेका छन् ।पर्यटनसँगै व्यापार व्यवसायको लागि नेपालदेखि बंगालसम्मको फूलबारी मार्गबाट दुबै देशले फाइदा लिन नसकिएकोमा दुखेसो पोख्दै उहाँले सो मार्गको समुचित उपयोगमा दुवैदेश विशेष चासो दिनुपर्नेमा जोडदिनुभयो । बंगलादेश नेपाललाई बंगलाबन्द सुख्खा बन्दरगाह उपयोग गर्न दिन तयार रहेपनि नेपालले कुनै पहल नगरेका उहाँको गुनासो थियो । फूलबारी मार्ग उपयोगमा देखिएको समस्या सुल्झाउन नेपाल र बंगलादेशले संयुक्त रुपमा भारतीय पक्षसँग कुरा गर्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो । छलफलमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले पोखराका उद्यमी/ब्यवसायीहरु बंगलादेशसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालबाट बंगलादेशमा निर्यात गर्न सकिने बस्तु तथा सेवाकोबारे जानकारी लिँदै ब्यवसायमा सरलता आउनुपर्नेमा जोड दिनुभयो । बंगलादेशसँगको ब्यापार नबढ्नुमा यातायात सेवा बाधक रहेको स्वीकार गर्दै उहाँले यसतर्फदुबै देशको तर्फाट पहल गर्नुपर्ने बताउनुभयो
मन्त्रिपरिषद् बैठक बस्दै
२ अप्रिल, ०८ । लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सबै मन्त्रीहरू चुनावी प्रचारमा आ-आफ्नो जिल्ला गएका कारण लामो समयदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । दिउँसो ३ बजे बस्ने वैठकमा चुनाबका लागि चारदिन दिइने भनिएको सरकारी बिदाको बिषयमा छलफल हुनेछ । वैठकमा संविधान सभा चुनावका लागि सुरक्षा रणनीतिबारे पनि छलफल हुने बताइएको छ । आजको बैठकमा भोलिदेखि विशेष सुरक्षा योजना लागू गर्ने र सुरक्षाका लागि सीमामा गरिने निगरानी बढाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । संविधानसभा चुनावअघि विभिन्न ठाउँमा दलका कार्यकर्ताबीच भइरहेका झडपबारे छलफल हुने र नागरिक समाजका प्रतिनिधिको संलग्नतामा छानबिन समिति गठन गरिने बुझिएको छ । आजको बैठकमा तराइका विभिन्न सशस्त्र समूहसँगको वार्ता र अबको सरकारी रणनीतिका विषयमा पनि छलफल हुने मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।
कार्टर चैत २५ गते नेपाल आउने
अप्रिल, ०८ । अमेरिकाका पूर्व राष्ट्रपति जिमि कार्टर संविधानसभा निर्वाचन पर्यवेक्षणको लागि चैत २५ गते नेपाल आउनुहुने भएको छ । कार्टर सेन्टरले मंगलबार जारी गरेको विज्ञप्तीमा कार्टर र उहाँकी पत्नी रोजालिन पर्यवेक्षणका लागि नेपाल आउन लाग्नुभएको जानकारी दिएको छ । चुनावको वातावरण वनाउने सिलसिलामा यसअघि दुइपटकसम्म नेपाल आइसक्नु भएका कार्टरले नेपालस्थित कार्टर सेन्टरको कार्यालय मार्फत पर्यवेक्षणको नेतृत्व गर्ने वताइएको छ । कार्टर सहितका पर्यवेक्षकहरु चैत २५ गतेभित्र नेपाल आइसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।सेन्टरले हालैका दिनमा आठजना माओवादी कार्यकताको हत्या भएको, जनमोर्चाका उम्मेदवारको हत्या गरिएको तथा विराटनगरको मस्जिदमा भएको विष्फोटको निन्दा समेत गरेको छ ।
६६ उम्मेदवारको उमेर पुगेन
२ अप्रिल, ०८ । समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरुले पेश गरेको वन्दसुचिमा रहेकामध्ये ६६ जनाको उमेर नपुग रहेको भेटिएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी विभिन्न दलका ६६ उम्मेदवारको उमेर २५ वर्ष मुनि रहेको जानकारी दिएको छ । निर्वाचन कानुनमा २५ वर्षमुनिका उम्मेदवार वन्न नपाउने ब्यवस्था वमोजिम उनीहरुको नामावली रद्द गरिने आयोगले जनाएको छ । सो स्थानमा दलहरुले अन्य उम्मेदवारको नामावली पठाउन पाउने छैनन् । यद्यपी कागजात नपुग भए वा प्रमाण पेश गर्न सकिने स्थिती रहे आजसम्म आयोगले समय दिएको छ । आयोग स्रोतका अनुसार उमेर कम हुने धेरैजसो उम्मेदवार नेकपा माओवादीका रहेका छन् । यसैगरी २ सय २७ जना उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्र आयोगमा पेश नगरेको जानकारी दिएको छ । दलहरुले पेश गरेको वन्द सुचिमा उमेर र कागजात नपुगेका उम्मेदवारको सफाइ पेश गर्न निर्वाचन आयोग आज अन्तिम समय दिएको छ ।
Tuesday, April 1, 2008
साउदीमा ३१ नेपाली घर फिर्ती प्रक्रियामा
दोहा, चैत १८ - साउदी अरबको रियादस्थित जेलमा रहेका ३१ नेपाली घर फिर्तीको प्रक्रियामा लागेका छन् ।
घर फिर्ती जेलमा जानसमेत दलाललाई पैसा ख्वाइएको र त्यो प्रक्रियासंगत नभएपछि आइतबार उनीहरूलाई त्यहाबाट प्रहरी अनुसन्धानमा पुर्याइएको थियो ।
रियादस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार बढीमा दर्ुइ महिनाअघि भारतको बाटो हुदै साउदी छिरेका नेपाली कामदारले नेपालमा बढीमा १ लाख रुपैया म्यानपावर एजेन्सीलाई ख्वाएका थिए । साउदीमा घर फिर्ती जेलमा रहेका व्यक्तिलाई सरकारले टिकट दिने प्रावधान रहेकाले उनीहरू जेल जान चाहेका हुन् । हामीले प्रहरी घर फिर्ती केन्द्रका प्रक्रिया बुझेका छौं नियोगका तृतीय सचिव पुष्पराज भट्टर्राईले फोेनमा भने ।
घर फिर्ती जेलमा जानसमेत दलाललाई पैसा ख्वाइएको र त्यो प्रक्रियासंगत नभएपछि आइतबार उनीहरूलाई त्यहाबाट प्रहरी अनुसन्धानमा पुर्याइएको थियो ।
रियादस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार बढीमा दर्ुइ महिनाअघि भारतको बाटो हुदै साउदी छिरेका नेपाली कामदारले नेपालमा बढीमा १ लाख रुपैया म्यानपावर एजेन्सीलाई ख्वाएका थिए । साउदीमा घर फिर्ती जेलमा रहेका व्यक्तिलाई सरकारले टिकट दिने प्रावधान रहेकाले उनीहरू जेल जान चाहेका हुन् । हामीले प्रहरी घर फिर्ती केन्द्रका प्रक्रिया बुझेका छौं नियोगका तृतीय सचिव पुष्पराज भट्टर्राईले फोेनमा भने ।
आनन्दीदेवीको रिट खारेज
नेपाल सदभावना पार्टी आनन्दीदेवीले दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरेको छ । संविधानसभा निर्वाचनको प्रक्रिया सुरु भइसकेका कारण निवेदकको माग बमोजिम आदेश गर्न नमिल्ने ठहर गर्दै सर्वोच्चले रिट खारेज गरेको हो । न्यायधीशद्वय दमोदरप्रसाद शर्मा र कल्याण श्रेष्ठको संयुक्त इजलासले सो फैसला सुनाएको हो । मुद्दा खारेज भएपछि मन्त्री पदमा कसलाई राख्ने हो भन्ने अधिकार प्रधानमन्त्रीलाई दिएका छन् । आनन्दीदेवीको असन्तुष्ट पक्षले कोषाध्यक्ष तेजकान्त झाले दायर गरेको रिटको आज फैसला भएको छ ।
जनकपुर-जयनगर रेल र जापानी मेट्रो
आफू बसेको होटेलको बुइल्डिङ र आफूले टेकेर हिँडेको भुइँभन्दा तल मुसाले जताततै प्वाल पारेझैं गरेर मेट्रो रेलका गन्तव्यहरू यता र उतातिर तेर्सिएका छन् । कतै ग्रीन, कतै रेड, कतै एलो र कतै ब्राउन कलरका चिन्हहरूले भुइँका कुना कुना रङ्गिएका छन् । छिया छिया परेका भुइँभित्र आफ्नै संसार छ, लाग्छ त्यो छुट्टै र अचम्मको दुनियाँ हो । लगभग चौबीसै घण्टा उत्तिकै व्यस्त लाखौँ मान्छेहरूको ओहरदोहर, रेल आउने र जाने क्रममा देखिएको निरन्तरता, निश्चितता र प्रभावकारिताकै अर्को नाम हो । टोकियोको मेट्रो सेवा र सिष्टम । मैले पनि जापानको मेट्रो सेवा लिने उद्देश्यले होटलको रिसेप्सनमा गएर मेट्रो म्याप र टोकियोको म्याप मागें । लबीमा गएर दुवै म्याप पल्टाएँ । अङ्ग्रेजीमा लेखे पनि जापानी नाम उच्चारण गर्न र सम्झन भने मलाई निकै असजिलो भयो । म बसेको होटल अनाबाट मेट्रो रेल्वेस्टेसन २ मिनेट पनि लाग्दैनथ्यो । होटलबाट भुइँ तलामा पनि झर्नु पर्दैनथ्यो । त्यो भन्दा माथिबाटै बाहिर निस्केर सपिङ मल हुँदै इलेक्ट्रोनिक भर्याङको माध्यमबाट बाहिर निस्किएँ । गिन्जा लाइनको मेट्रो स्टेसन त्यही रहेछ । भित्र पसेँ । अरु केही देशमा देखेको भन्दा नितान्त भिन्न लाग्यो । स्टेसनभित्रको सब-वे, रेल्वे सूचना डेस्क र रेल्वे कनेक्सन प्रणाली, सिम्बासी स्टेसनसम्मको टिकट लिने विचार गरेँ । आफूसँग ५०० येनको सिक्का थियो । त्यसैलाई मेसिनमा हालिदिएँ र नम्बर हाने । लाग्ने १६० येनको टिकट र बाँकी पैसा ३४० येन मेसिनले फिर्ता दियो । लिएँ र गन्तव्यतिर जान खोजेँ । ठाउँ ठाउँमा सुरक्षा गार्ड जस्ता देखिने युनिर्फम लगाएर कसको लागि सेवा गर्न पाइएला भने जस्तो गरी अत्यन्त शालीन, अत्यन्त उत्साही र हँसिलो मुख लगाएर उभिएका व्यक्तिहरू देखिन्थे तर ती मध्ये भाषाको कारणले हामीलाई मद्दत गर्न भने बडो समस्या थियो उनीहरूलाई । तथापि मैले किनेको टिकट देखाइदिएँ । देख्ने बित्तिकै मैले जानु पर्ने लेन देखाइदिन्थे । यो मेरो टोकियो बसाइँको लगभग दैनिकी नै थियो । रेल चढ्न प्रतीक्षा गर्नेहरू प्रशस्तै हुन्थे । लगभग हरेक २ मिनेटभित्रमा रेल आइसक्थ्यो । स्टेसनमा आएर यता र उताबाट आउनेमध्ये मलाई जानु पर्ने डेस्टिनेसन पत्ता लगाउने बित्तिकै सबै समस्या समाधान भई हाल्थ्यो तर शुरुमा डेस्टिनेसन पत्ता लगाउन हम्मे पर्यो । त्यो समस्याबाट पार पाउन मैले हरेक २ मिनेटमा आउने २ वटा रेल छोडिदिएँ र दायाँ बाँया हर्ेन थालेँ । करिब ६/७ मिटर पर भित्तामा नक्सा रेलको रङ्ग र त्यो रेलले पुर्याउने स्टेसनहरूको नाम लेखिदिएको रहेछ । त्यो नक्सा र जानकारी नै मेरो लागि गुरु शिक्षा बन्यो । त्यसबेलाको लागि मात्र नभएर अरु दिनको लागि, अरु ठाउँको लागि र अरु देशको लागि पनि त्यो गुरु शिक्षा नै बन्यो । करिव ५ मिनेटपछि म पनि रेल चढेँ । चढ्ने बित्तिकै गेट बन्द भयो । रेलले तुफान गति लियो । जापानी रेल छिटा हुन्छन् र बुलेट रेल पनि जापानमै चढ्न पाइन्छ भन्ने सुनेको थिएँ । त्यो सुनाइले मलाई रेलको गतिले त्यति धेरै नौलोपन दिएन । मेरो देशमा मेट्रो रेलको कल्पनै नभएको भए पनि जापानी मेट्रो रेल देख्दा म पुलकित भएँ र पनि माइण्ड मेकअप भइसकेकाले होला, आर्श्चर्य लागेन । रेल्वे स्टेसनमा उभिँदा उभिँदै म विभिन्न कल्पनामा डुब्न थालेँ । मानसिक तरङ्ग मैले अमेरिकामा चढेको मेट्रो रेलसम्म पुग्यो र दिल्लीमा गत वर्षेखि मात्र सञ्चालनमा आएको रेलसम्म फैलियो । अनि जनकपुर जयनगर रेलमा झुण्डिएर जयनगरमा बबी सिनेमा हेर्न गएको याद आयो । विदेशी उपनिवेशबाट जापानले र राणा एकतन्त्रीय शासनबाट नेपालले लगभग उस्तै प्रकृतिबाट स्वतन्त्रता पाएका थिए । सधैँजसो भुइँचालो आइरहने र कैयौँ पटकका भुइँचालाले अर्बाैं डलरका भौतिक संरचना र मानवीय विनासको दर्द भोग्न बाध्य भएको जापानको भौतिक प्रगति देख्दा आर्श्चर्य नलाग्ने कुरै हुँदैन । त्यसमाथि, दोस्रो विश्व युद्धमा हिरोसिमा र नागासाकीमा खसालिएका लिटिलब्वाय र फ्याटम्यानका करामतले कति वर्षसम्म मरुभूमिको रूपमा रहन बाध्य भएका ती जापानका सहरहरूको वर्तमान विकास सुन्दा मरुभूमिको कल्पना सम्म पनि हुँदैन ।मेरो कल्पना जापानमै हिँडेको एउटा बिहानको घटनासँग तरङ्गति हुन पुग्दछ । म र एक जना चिनिया भित्र मर्निङ वाक गर्दै थियौँ । बिहानै भएकाले बाटोमा त्यति धेरै भीडभाड र घुइचो थिएन बरु चकमन्न र सुनसान थियो । फेरि हामी हिँडेको बाटो मेन रोड पनि नभएकाले होला गाडीका आवाज पनि निकै कम सुनिन्थ्यो । प्रायः अधबैंसे युवा युवती जोडी एउटा कुकुर लिएर हिँडेका देखिन्थे । नेपालमा कहिले काहीं बिहान चाबेलबाट पशुपति, गुहृयेश्वरी जाने अभ्यासले गर्दा मर्निङवाकमा कुकुर लिएर हिँड्नेहरूको बढ्दो सङ्ख्या र दृश्यले जापानमा देखेको दृश्य सामान्य अनुभव हुन्थ्यो । त्यति सम्म ठिकै थियो । तर कुकुरले बाटोमा गरेको दिसा ककुर मालिकले प्लास्टिकमा राखेर लिएर हिँडेको दृश्यले भने मलाई आर्श्चर्यान्वित बनाएको थियो । मलाई याद छ- कुकुरलाई दिसा पिसाब गराउन नेपालमा पनि बाहिर लगिन्छ, तर प्लाष्टिक बोकेर त्यसमा दिसा पिसाब गराएको देख्न पाएको छैन, त्यो दृश्य मैले त्यहीं देखेँ । जापानी मेट्रो रेलको नजिकैको लबीमा एकैछिन उभिँदा मेरो मनमा तरङ्गति भएका यस्ता घटनाहरूले म खुसी र पीडाको दोधारमा परेँ । खुसी यस अर्थमा कि मानवीय प्रगतिको एउटा दृष्टान्त देख्न पाएँ भन्ने र बेखुसी यस अर्थमा कि विश्वका झण्डै २०० देशमा नेपाल र जापान दुवै पर्ने भए पनि जापानको प्रगति र उन्नतिको अगाडि नेपालको अवस्था हुम्ला, जुम्ला र काठमाडौँको जस्तो पार्थक्य र विभेद देख्नु पर्दा । त्यसपछि सिम्वासी जाने रेल चढेँ । रेलभित्र चढ्ने बित्तिकै गेट बन्द भयो । रेल हुइँकियो । यात्रुहरू आधी जापानी र आधा विदेशी जस्तो लाग्यो । जापानीहरूलाई अङ्ग्रेजी बोल्न अप्ठेरो रहेछ । त्यसैले सोध्ने कुरै भएन । विदेशीहरू उनीहरू आफै विदेशी भएकाले सोध्ने कुरा व्यावहारिक लागेन । गेटको ठिक माथितिर नक्सा, गन्तव्य स्टेशनका नाम र तुरुन्त आउने (रेल रोकिने) स्टेसनको बारे माइकबाट सूचना सम्प्रेषण हुँदो रहेछ । जसले गर्दा म जस्ता नौला र पहिलो पटक यात्रा गर्नेहरूका लागि पनि कुनै असजिलो अनुभव भएन । मेरो गन्तव्यमा गएर रेलबाट बाहिर निस्केँ र नक्सा, इलेक्ट्रोनिक भर्याङ हुँदै इनर ट्राकमा पुगेँ । मैले यात्रा गरेको रेलको टिकट छिराएँ, त्यसपछि आग्लो उघ्रियो र म बाहिर निस्केँ । कसैले विना टिकट वा कम टिकटमा यात्रा गर्ला भन्ने आशङ्का कतै छैन । प्रणालीले व्यवस्थित गरेको हुँदा पुलिसको आवश्यकता थिएन । चारैतिर लेखिएका, टाँगिएका र टाँसिएका चित्र, सूचना र जानकारी मूलक सङ्केतहरूले जस्तो सुकै नौलो भए पनि आफैले बाटो पहिल्याउन सकिने मेट्रो रेल्वे प्रणाली निकै नै प्रशंसायोग्य र सरल लाग्यो । एक करोड ३० लाख जनसङ्ख्या भएको टोकियो सहर, आफ्नै हितायी, मित्सुबिसी, पजेरो जस्ता वाहनले सजिसजाउ भएको देखिन्छ । बाटोमा सडक जाम हुने सम्भावना भए पनि व्यवहारमा त्यो समस्या कमै भोग्नु पर्यो । सहर र चोकहरूमा त फ्लाइ ओभर, डबल ट्राक जस्ता विकल्पहरूले सडक जाम हुने सम्भावनालाई निकै न्यून बनाएको देखियो । यस्तै दृश्य, अनुभव र यथार्थ बोकेर पुनः मेट्रो रेलकै सहायताबाट म मेरो होटल अना आइपुगेँ । अनि नेपालको यातायात र जापानको यातायात सुविधाकाबारे घोत्लिँदै थिएँ, भुसुक्क निदाएछु ।
एमालेका १० कार्यकर्ता अपहरित
१ अप्रिल, ०८ । माओबादीले जाजरकोट जिल्लाको भगबती गाबिसको ठुला बगरबाट एमालेका १० जना कार्यकर्ता अपहरण गरेको छ । माओबादीले इलाका कमिटिका उप सचिब पुर्णप्रसाद बस्नेत सहित १० जना कार्यकर्तालाई अपहरण गरेको जानकारी एमाले जाजरकोट जिल्ला कमिटिका सदस्य नरेन्द्र शाहले दिनु भएको छ । एमालेका कार्यकर्ताहरुलाई गत शनिबार राती माओबादीका जिल्ला कमिटि सदस्य बुद्दि बहादुर गुरुङको नेत्तृत्बमा रहेका माओबादी कार्यकर्ताहरुले अपहरण गरेको दाबी एमालेले गरेको छ । तर माओबादी जाजरकोट जिल्ला कमिटिका सल्लाहाकार लक्ष्मी प्रसाल शर्माले भने सो घटनाका बारेका कुनै जानकारी नभएको बताउनु भयो । यसैवीच बर्दियाको बेलुवामा माओबादी आक्रमणमा परि गम्भिर घाईते भएका एमालेका सकृय कार्यकर्ता झुरेला साईलाई उपचारका लागि राजधानी लगिएको छ । हिजो एमालेले निकालेको साईकल र्यालीमा माओबादी कार्यकर्ताले आक्रमण गर्द साई गम्भिर घाईते हुनुभएको हो । उहांको टाउकोमा खुकुरी प्रहार गरिएको छ । एमाले भेरी अंचल प्रचार बिभागले सोमबार नेपालगंजमा पत्रकार सम्मेलनको आयोजना गरि माओबादीका जिल्ला नेता बलराम काफ्लेको नेर्ततवमा एमालेको र्यालीमा आक्रमण भएको जनाएको छ । माओबादी र एमाले कार्यकर्ता बिच झड्प हुने आशंकामा हिजोसांझदेखि नै बर्दियाको बेलुवा र बांसगढि क्षेत्रका बासिन्दा त्रसित भएका छन ।
राजावादी माओवादीमा प्रवेश
१ अप्रिल, ०८ । राजावादीका रूपमा चिनिएका मनोनीत राष्ट्रिय सभाका पूर्वसदस्य र राष्ट्रिय जनशक्ति पार्टी कार्यसम्पादन समितिका सदस्य जनार्दन आचार्य सोमबार माओवादी सम्वद्घ देशभक्त गणतान्त्रिक एकता अभियानमा प्रवेश गरेका छन । आचार्यले पार्टीको नीतिगत अस्पष्टता र कार्यशैली चित्त नबुझेर माओवादी प्रवेश गरेको बताए । 'माओवादीले निजी स्वार्थभन्दा पनि देश र राष्ट्रियतालाई प्राथमिकता दिएकाले प्रवेश गरेको उनले बताएका छन । एक वर्षअघि २० केन्द्रीय सदस्यसहित राजपामा मिसिएका प्रजातान्त्रिक नेपाल नामक दलका आचार्य सहअध्यक्ष थिए । उनका अनुसार राजपा केन्द्रीय समितिका उत्तम परियार र पूर्वमेयर प्रेमलाल महर्जन पनि माओवादी प्रवेश गरेका छन् । राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य मोहन पोखरेल पनि गणतान्त्रिक एकता अभियानमा प्रवेश गरेको आचार्यले बताए । पञ्चायतकालका अञ्चलाधीश सूर्यबहादुर सेनलगायतको समूह 'निष्क्रिय पुराना र नयां राष्ट्रवादी तथा गणतन्त्रवादी'लाई सक्रिय बनाउन जिल्ला दौडाहामा लागेको बताईएको छ ।'पुराना र नयां राष्ट्र तथा गणतन्त्रवादीलाई सक्रिय बनाउन घुमिरहेका छौं,' अभियानका संयोजकसमेत रहेका सेनले भने- 'माओवादीले मात्र गणतन्त्र स्थापना गर्न सक्छ । त्यसैका लागि भोट मागेर हिंडिरहेका छौं । सबै शक्तिलाई संगठित र एकताबद्घ बनाइरहेका छौं ।' उनका अनुसार अभियानमा पूर्वप्रहरी र सैनिक अधिकृतहरू छन् । यसैगरी एमालेका पूर्वसांसद एवं केन्द्रीय सल्लाहकार समिति सदस्य रामचन्द्र भट्टराई माओवादीमा प्रवेश गरेका छन् । देश र जनताको मुक्तिवाहक माओवादी नै हो भनेर प्रवेश गरेको उनले बताए उनले माओवादी विश्व र नेपालका वस्तुगत चुनौती सामना गर्ने एकमात्र सक्षम र सच्चा कम्युनिस्ट भन्ने लागेर प्रवेश गरेको बताए । एमालेमा अझै पनि थुप्रै इमानदार साथीहरूको पंक्ति छ । उहाहरूलाई पनि आउन अनुरोध गर्छु भट्टराईले भने- केही पाउला भनेर आएको पनि होइन । भट्टराई २०२७ सालमा पुष्पलालको कम्युनिस्ट पार्टीबाट राजनीतिमा सक्रिय भएका हुन् । उनी राष्ट्रिय सभा सदस्य जनसांस्कृतिक मञ्चका महासचिव लगायत पदमा बसेका थिए ।
भिच्छुको रगत बग्दा कोही बोल्नेवाला छैनन

स्वतन्त्र तिब्बतको माग गर्दै नेपालमा रहेको चीनको दुतावास अगाडि धर्ना दिन पुगेका तिब्बतीमुलका बौद्ध भिच्छुहरु प्रहरीद्धारा कुटिएका छन । स्वतन्त्रताको माग गर्नेहरुको टाउकोमा नेपाल प्रहरीको लाठि बर्षिएको छ । २ सय भन्दा बढि पक्राउ परेका छन । अनी त्यत्तिनै मात्रामा घाइते भएका छन । रातो वस्त्रधारीको शरिर रातै रगतमा लत्पतिएको छ । बुद्धम शरणम गच्छामी भन्दै शान्तिको कामना गर्ने भिच्छुहरु नै अहिले अशान्ति र िहंशाको सिकार भएका छन ।
प्रजातन्त्रको माग गर्दै बर्माको सडकमा उत्रिएका रातो बस्त्रधारी बौद्ध भिक्ष्ाहरुका बारेमा अन्तराष्ट्रिय क्षेत्रको ध्यान तानिएको थियो । त्यो बेलामा शान्तीकामी बुद्धका अनुयायिहरुमाथि भएको बर्बर दमनका विरोधमा अन्तराष्ट्रिय समुदायले समेत ऐक्यवद्धता प्रर्दशन गरेका थिए । बर्माको सैनिक सरकारले गरेको बर्बर दमनको विरोधमा विश्वभर छरिएर रहेका ब्लगर समुदायले ऐक्यवद्धता जनाउंदै एक दिन ब्लग पोष्ट गरेका थिएनन । त्यसमा नेपाली ब्लगरहरु समेत सहभागि भएका थिए ।
अहिले वर्माको स्वरुप नेपालको सडकमा छाताछुल्ल भएको छ । दृष्य उही छन । सडकमा राता वस्त्रधारीहरु कुटिएका छन । परिर्वतन भएका भनेका दमनकारी र माग मात्र हुन । बर्मामा प्रजातन्त्रको माग गरिएको थियो भने नेपाल लगायत विश्वव्यापी रुपमा विरोधमा उत्रिएका तिब्बतीयनहरुले राष्ट्र मागिरहेका छन । तर यसले नेपालको सन्चार माध्ययम र ब्लगमा त्यत्तिको प्राथमिकता पाउन सकेको छैन । जो विडम्बनापुर्ण छ ।
विश्वलाइ थर्काउन सक्ने शक्तिको रुपमा उदाएको चीनवाट तिब्बत छुट्टिएला या नछुट्टिएला त्यो अलग बहसको विषय हो । कोही छुटिनसक्छ भन्ने तर्कमा होला कोही सक्दैनन भन्ने पक्षमा । यो विवादलाइ थाति राखेर नेपालको सडकमा बगिरहेको बौद्ध भिक्ष्ाहरुको रगत भने रोकिनुपर्छ अब ।
नेपालको परराष्ट्र नीति एक चीन नितिमा रहेको छ । त्यसैको आधारमा नै नेपालमा हुने चीन विरोधी गतिविधिप्रति नेपाल सरकार चनाखो रहेको छ । तर चनाखो रहनुको मतलव शान्तिपुर्ण विरोध प्रदर्शनमा उत्रिएका भिक्ष्ाहरुलाइ निर्धात कुटपीत गर्नु टाउको फुटाउनु भने हैन । चीन विरोधी गतिविधि रोक्नका लागि नेपालका शुरक्षाकर्मीले शान्तिपुर्ण बाटो आवलम्बन गर्नसक्नुपर्छ ।
चीनको विषयमा नेपालमा राजनीतिक दलहरु मात्र हैन नागरिक समाज समेत मौन देखिएको छ यो बेलामा । नेपाल सरकारले विज्ञप्ती मार्फत एक चीन नितिको पक्षका वकालत गरेको छ । कांग्रेस मौन बसेको छ भने एमाले माओवादीले तिब्बतीको आन्दोलनको विरोध गर्दै चीनको भक्ति गान गाएका छन । कांग्रेस मौन बस्नु भनेको समर्थनमै हो है ।
बर्मामा भिक्ष्ा कुटीदा नेपालको सडकमा विरोध प्रर्दशन गर्ने नेपाली विक्ष्ाहरु पनि मौन छन । कारण के हो थाहा छैन एक चीन नीतिको विरोध नगरेपनि कमसेकम भिक्ष्ाहरुमाथि भएको दमनको विरोध गर्नुपथ्यो नै ।
मानवअधिकारवादी भन्नेहरु पनि मौन छन यो मामिलामा । केही संस्थाले विज्ञप्ती जारी गरेझै लाग्छ । तर नाम कहलिएका संस्थाहरु मौन नै देखिएका छन । यसले नेपालले प्रतिवद्धता ब्यक्त गरेको मानव अधिरकारको हनन भएको छ नै शान्तिकामी भिक्ष्ाहरु िहंशाको सिकार भएका छन । यस्तो बेलामा के मौन बस्नु उचित हुन्छ र ?
विश्वलाइ थर्काउन सक्ने शक्तिको रुपमा उदाएको चीनवाट तिब्बत छुट्टिएला या नछुट्टिएला त्यो अलग बहसको विषय हो । कोही छुटिनसक्छ भन्ने तर्कमा होला कोही सक्दैनन भन्ने पक्षमा । यो विवादलाइ थाति राखेर नेपालको सडकमा बगिरहेको बौद्ध भिक्ष्ाहरुको रगत भने रोकिनुपर्छ अब ।
नेपालको परराष्ट्र नीति एक चीन नितिमा रहेको छ । त्यसैको आधारमा नै नेपालमा हुने चीन विरोधी गतिविधिप्रति नेपाल सरकार चनाखो रहेको छ । तर चनाखो रहनुको मतलव शान्तिपुर्ण विरोध प्रदर्शनमा उत्रिएका भिक्ष्ाहरुलाइ निर्धात कुटपीत गर्नु टाउको फुटाउनु भने हैन । चीन विरोधी गतिविधि रोक्नका लागि नेपालका शुरक्षाकर्मीले शान्तिपुर्ण बाटो आवलम्बन गर्नसक्नुपर्छ ।
चीनको विषयमा नेपालमा राजनीतिक दलहरु मात्र हैन नागरिक समाज समेत मौन देखिएको छ यो बेलामा । नेपाल सरकारले विज्ञप्ती मार्फत एक चीन नितिको पक्षका वकालत गरेको छ । कांग्रेस मौन बसेको छ भने एमाले माओवादीले तिब्बतीको आन्दोलनको विरोध गर्दै चीनको भक्ति गान गाएका छन । कांग्रेस मौन बस्नु भनेको समर्थनमै हो है ।
बर्मामा भिक्ष्ा कुटीदा नेपालको सडकमा विरोध प्रर्दशन गर्ने नेपाली विक्ष्ाहरु पनि मौन छन । कारण के हो थाहा छैन एक चीन नीतिको विरोध नगरेपनि कमसेकम भिक्ष्ाहरुमाथि भएको दमनको विरोध गर्नुपथ्यो नै ।
मानवअधिकारवादी भन्नेहरु पनि मौन छन यो मामिलामा । केही संस्थाले विज्ञप्ती जारी गरेझै लाग्छ । तर नाम कहलिएका संस्थाहरु मौन नै देखिएका छन । यसले नेपालले प्रतिवद्धता ब्यक्त गरेको मानव अधिरकारको हनन भएको छ नै शान्तिकामी भिक्ष्ाहरु िहंशाको सिकार भएका छन । यस्तो बेलामा के मौन बस्नु उचित हुन्छ र ?
Subscribe to:
Posts (Atom)
