Monday, December 3, 2007

चिनियाँ कम्युनिष्ट पार्टी का मन्त्री नेपालमा

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको विदेश विभागका मन्त्री वाङ जियारुइको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मङ्सिर १७ गते बिहान एमाले र माओवादी नेताहरुलाई भेटेको छ ।नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डलले राजनीतिक भेटघाट सुरु गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको विदेश विभागका मन्त्री वाङ जियारुइको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मङ्सिर १७ गते बिहान एमाले र माओवादी नेताहरुलाई भेटेको छ । चिनियाँ प्रतिनिधि मण्डल र माओवादी अध्यक्ष प्रचण्ड, नेता डा। बाबुराम भट्टराईबीच राजधानीको द्वारिकाज होटलमा भेटवार्ता भएको थियो । यसैगरी, एमाले महासचिव माधवकुमार नेपाल र नेताहरुसँग चिनियाँ टोलीले एमाले केन्द्रीय कार्यलय बल्खुमा भेटेको थियो । भेटमा चिनियाँ प्रतिनिधि मण्डलले नेपालको ताजा राजनीतिक अवस्थाबारे जानकारी लिएको माओवादी र एमाले श्रोतले बताएको छ ।

No comments: