Thursday, December 6, 2007

ब्लाष्टिङगमा परि २ को मृत्यु

बनाउदै गरेको बाग्लुङ स्थित कालीगण्डकी किनाराको सडकको काम गर्न गएका मोरङ पथरीका दुई युवकको ब्लाष्टिङगमा परि मृत्यु भएको छ ।
मृत्युहुनेमा पथरी - ३ का १६ बर्षिय उमेश पाण्डे र १७ बर्षिय सुवास तामाङ रहेको मृतकका आफन्तले जनाएका छन् । चट्टान फोर्न बिछ्याईएको ब्लास्टिङ्मा परि अस्ति मंगलवार दुबैको घटना स्थलमै मृत्यु भएको र मोरंगकै पासाङ तामाङ्ग सहित १६ जना घाईते भएको जानकारी आएको म्रितक पाण्डेका आफन्त निरजले बताए ।
मृतकद्वय मंसिर पहिलो साता शनिश्चरे आठका अमर श्रेष्ठ मार्फत सो सडक खन्नका लागि त्यहा पुगेका थिए । उनिहरुलाई दैनिक १२० रुपैयाँ ज्याला दिने गरेको बताईएको छ । घटनाका बारेमा सेनाले कुनै जानकारी बाहिर ल्याएको छैन ।
मृतकका आफन्तका अनुसार घटना पछि हिजो सडकका ठेकेदारले ब्लाष्टिङमा परी पाण्डे र तामाङको मृत्यु भएको जानकारी दिएका छन् । मृतकद्वयको शव भोली घरमा ल्याई पुर्‍याउने बताएका छन् ।

No comments: