मधेशको समस्या समाधान गर्न राज्य उदासिन भएको भन्दै विज्ञान तथा प्रविधिमन्त्री महन्थ ठाकुरसहित तीन सांसदले राजीनामा दिनुभएको छ ।
२४ मंसिरमा सभामुख सुभाषचन्द्र नेम्वाङसमक्ष ठाकुरसहित सांसदहरु हृदयश त्रिपाठी, रामचन्द्र् राय र महेन्द्र यादवले राजीनामा दिनुभएको हो ।
ठाकुर नेपाली कांग्रेसका प्रभाशाली नेता हुनुहुन्छ । विगतमा उपसभामुखको जिम्मेवारीसमेत निभाइसक्नुभएका उहां कांग्रेसभित्र कट्टर गणतन्त्रवादी नेताका रुपमा चिनिनुहुन्छ । मधेशका नेताहरुले छुट्टै दल खोल्ने चर्चा चलिरहदा ठाकुरसहित तीन सांसदको राजीनामा आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
राजीनामा दिनेहरुमध्य त्रिपाठी नेपाल सदभावना पार्टी आनन्दीदेवीका वरिष्ठ नेता हुनुहुन्छ भने रामचन्द्र राय राष्ट्रिय प्रजातन्त्र पार्टी र महेन्द्र राय एमालेबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
राजीनामा दिएपछि रिपोर्र्टर्स नेपाल डट कमसंग कुरा गर्दै सदभावना नेता त्रिपाठीले मधेशको समस्या समाधान गर्न राज्य उदासिन रहेकाले पदमा बस्नु उचित नभएको बताउनुभयो । उहांले निकट भविष्यमा नयां दल खोल्न पहल गर्ने बताउनुभयो ।
Monday, December 10, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment