Thursday, December 6, 2007

ट्रोइकाको टोली आज स्वदेश फिर्ता

६ डिसेम्बर, ०७ । चारदिने नेपाल भ्रमणमा रहेको युरोपेली संघको विशेष प्रतिनिधिमण्डल ट्रोयकाको टोली आज स्वदेश फर्कीएको छ । युरोपेली संघका अध्यक्ष राष्ट्र पोर्चुगलको नेपालका लागि राजदूत पेद्रो मोइटिनभो डे अलमेइडाको नेतृत्वको टोलीले नेपालको आफ्नो चार दिने भ्रमणमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता तथा सरकारी अधिकारीहरुसँग भेट गरी नेपालको शान्ति प्रक्रियाका बारेमा जानकारी लिएको थियो । टोलीले नेपालमा संविधानसभाको निर्वाचन स्थगित भएपछिको राजनीतिक निकासका लागि विभिन्न व्यक्तिसँगको भेटमा नेपालमा जारी शान्ति प्रक्रिया जसरी भएपनि निष्कर्षमा पुग्नुपर्ने बताएको छ ।

No comments: