काठमाडौबाट दिल्ली जाँदै गरेको यात्रु बस मंगलबार बाँकेको महादेवपुरी-७ मा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
ना २ ख ५२५९ नम्बरको बस नेपालगंजदेखि करिब ३५ किलोमिटर पूर्व सडकमा पल्टिएको प्रहरीले जनाएको छ । घाइते मध्ये पर्वतका भिम बहादुर ठकुरी, सर्लाहीका श्रीराम महतो, दिपेन्द्र महतो र नाम नखुलेका एक युवकको अवस्था गम्भीर छ ।
घाइते सबैको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment