Saturday, December 8, 2007

अर्को अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने सुझाव

नागरिक उड्डयन अधिकारीहरुले सन् २०२० सम्ममा नेपालमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडानहरुको चाप थेग्न नसक्ने बताएका छन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको आव्हानमा शुक्रबार नागरिक उड्डयन दिवस मनाइंदै गर्दा काठमाण्डूमा आयोजित एउटा गोष्ठीमा नयाँ विमानस्थल निर्माण गर्न सुझाव दिइएको थियो।
अधिकारीहरुले विमानस्थल अहिले नै झण्डै पूर्ण क्षमतामा व्यस्त हुन थालिसकेको बताएका छन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक यज्ञप्रसाद गौतमका अनुसार सरकारको चालू आर्थिक वर्षको बजेट कार्यक्रममा बारा जिल्लाको निजगढ क्षेत्रमा विमानस्थल बनाउनका लागि कार्य प्रारम्भ गर्ने उल्लेख भएपनि काम भने अघि बढ्न सकेको छैन।
उनले भने, "अर्को अन्तर्राष्ट्रिय विमानस्थलका लागि ठूलो लगानी आवश्यक पर्छ। हामीसँग प्राप्त अहिलेको बजेटले यो सम्भव छैन। त्यसैले नयाँ विमानस्थलको सम्भावना तत्काल कम छ।"

No comments: