Sunday, December 9, 2007
पर्ूववत् भाडादरमा उडान सञ्चालन गर्न अनुरोध
काठमाडौँ, मङ्सिर २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छलफलबाट निष्कर्षननिस्किएसम्म यथावत् रूपमा पर्ूव भाडादरमा नै उडान सञ्चालन गर्न वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ ।मन्त्रालयद्वारा प्रकाशित पे्रस विज्ञप्तिमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफलमा बसी कानुनसम्मत प्रक्रियाबाट आउन पनि अनुरोध गरिएको छ ।विज्ञप्तिमा आन्तरिक उडानमा सञ्चालित वायुसेवा कम्पनीहरूले मङ्सिर २१ गतेदेखि हवाई इन्धन शुल्क वृद्धिकोेेे नाममा हवाई भाडा बढाएकोबारे वायुसेवा सञ्चालक सङ्घ नेपालको विज्ञप्ति तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित सूचनाबाट मन्त्रालयको गम्भीर ध्यानाकृष्ट भएकोे पनि उल्लेख छ ।विज्ञप्तिमा हवाई इन्धनमा भएको मूल्य वृद्धिका आधारमा हवाई भाडा पुनरावलोकन गर्न तुरुन्त छलफल अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसकिएको पनि जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment