Monday, December 10, 2007

व्यवस्थापिका संसद् बैठक राजाको कुराले अन्योल बढायो

काठमाडौँ, मङ्सिर २३ गते । व्यवस्थापिका-संसद्को आइतबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले राष्ट्रवादीसँगको सहकार्य र राजतन्त्रको पक्षमा आएका भनाइबाट राजनीतिक अन्योल बढेको भन्दै त्यस्ता सोचको आलोचना गरे । सभामुख सुवासचन्द्र नेम्बाङको अध्यक्षतामा बसेको सो बैठकमा सांसदहरूले संविधानसभाको चुनावको मिति छिटो तोकिनुपर्ने, सीमा अतिक्रमण, शान्तिसुरक्षा, अपहरण र चन्दा आतङ्कलगायतका विषयलाई लिएर सरकारको ध्यानाकर्षा गराउनुभयो ।सांसद उमा अधिकारीले महिला सशक्तीकरणको अभियानमा संलग्न महिला परिचालिकाहरूको पारिश्रमिक बढाउनुपर्ने र स्थायी गरिनुपर्नेमा जोड दिँदै चितवनमा रहेको बीपी कोइराला क्यान्सर अस्पताल बन्द हुने अवस्थामा पुगेको तर्फसरकारको ध्यानाकर्षा गराउनुभयो । उहाँले स्वास्थ्यमन्त्री र अस्पतालका अध्यक्षबीचको मनमुटावले बजेट निकासा हुन नसक्दा त्यहाँका कर्मचारीले तलब नपाएको, मन्त्रिपरिषद् स्तरबाट गरिने निर्ण्र्ाामन्त्रीस्तरीय निर्ण्र्ाााट गरिएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षा गराउनुभयो ।सात दलभित्र अन्योल छाएको र सरकार गतिहीन भएको छ भन्दै सांसद रघुजी पन्तले संसद्भित्रका दलहरूलाई समेटेर जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रवादीसँगको सहकार्य गर्ने प्रचण्डको कुराले अन्योल र आशङ्कित बनाएको बताउनुभयो । राजा वरिपरिका राष्ट्रवादी होइन, संसद्का राष्ट्रवादी खोजौँ भन्दै उहाँले भन्नुभयो, "राजावादी बोल्न नसकेको अवस्थामा काङ्ग्रेसका केही नेताहरूले राजतन्त्रको वकालत गरेका छन् र यस विषयमा सम्बन्धित दल जिम्मेवार हुनुपर्‍यो, राजनीतिक गतिरोध अन्त्य गरी संविधानसभाको मिति छिटो तोक्नुपर्‍यो ।" विशेष अधिवेशनले पारित गरेको प्रस्तावलाई अविलम्ब कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिनुपर्‍यो भन्दै सांसद देव गुरुङले सभामुखसँग रुलिङको माग गर्नुभयो । दक्षिततर्फखुला सिमानाको दुरुपयोग गर्दै १३ हजारभन्दा बढी सीमाक्षेत्र अतिक्रमण भएको तर्फउहाँले सरकारको ध्यानाकर्षा गराउनुभयो । विदेशीका टीका टिप्पणीले राष्ट्रियतामा सङ्कट देखापरेको धारणा राख्दै सांसद गुरुङले सात दलले समस्या समाधान गर्न सक्दैनन् भने सम्पर्ूण्ा राष्ट्रवादीलाई एकजुट बनाएर अगाडि बढ्नर्ुपर्छ भन्नुभयो ।'राष्ट्रियता पराजित हुने संविधानसभा हामीले खोजेका होइनौँ' भन्दै सांसद गुरुङले काङ्ग्रेसका केही सांसदहरूले राजतन्त्रको पक्षमा खुलारूपमा बोलेका छन् उनीहरूको अवस्था संसद्मा के हुने भन्दै त्यसमा काङ्ग्रेसको धारणा माग गर्नुभयो । तर्राईमा अराजकता उत्पन्न गराइएको तर्फगृहमन्त्रीको ध्यानाकर्षा गराउँदै सांसद असर्फी सदाले छिटो संविधानसभाको चुनावको मिति तोक्न माग गर्नुभयो । जिल्लास्तरमा सात दलको राजनीतिक संरचना निर्माण गरिनुपर्ने माग गर्दै उहाँले जनमोर्चा नेपालले देशको स्वाधीनता बचाउन सुरु गरेको मेची-महाकाली साइकल यात्रालाई सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । सांसद नारायणमान बिजुक्छेले भारतले नेपाल-भारत सीमामा छवटासम्म मोटर एकैपटक चल्नसक्ने गरी सडक बनाउने चर्चा छ, त्यो सडक बनेमा नेपालबाट बग्ने नदी बन्द हुने र सीमा क्षेत्र डुबानमा पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल पस्न सक्ने ३७ वटा नाकाबाट विदेशी सैनिक छिर्न सक्ने भएकाले नेपालमा भारतीय सुरक्षा चासोबारे ध्यान दिन, राजदूत नियुक्ति तथा विदेशस्थित नेपाली राजदूतावास रहेको जमिन बेच्नेबारे परराष्ट्रमन्त्रीसँग जानकारी माग गर्नुभयो । काङ्ग्रेसका सांसदहरूको राजा जोगाउनुपर्ने भनाइ र माओवादी अध्यक्ष प्रचण्डको राजा वरिपरिका राष्ट्रवादीसँग सहकार्य गर्नुपर्छ भन्ने भनाइले सम्पर्ूण्ा लोकतन्त्रवादीलाई चिन्तित तुलाएको विचार सांसद नवराज सुवेदीको छ । सांसद सुवेदीले सात दलको अकर्मण्यताले लोकतन्त्रको सुदृढीकरणमा बाधा पुर्‍याएको र राजा जोगाउने कुरा जहाँबाट आए पनि बेठीक छ भन्दै शिक्षकहरूले उठाएका जायज मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षा गराउनुभयो । यसैगरी, सांसद नारायणप्रसाद रेग्मीले संसद् भत्ता मात्र खाने थलो बनेको छ भन्दै सहमतिको आधारमा संसद् नचलेको बताउनुभयो । उहाँले दाङमा रहेको महेन्द्र संस्कृत विश्वविद्यालयको नाममा रहेको जग्गा अतिक्रमण र दुरूपयोग रोकेर सदुपयोग गर्न माग गर्नुभयो । देशभरिको शान्तिसुरक्षाको स्थिति कमजोर रहेको, हत्या, अपहरण, बलात्कारका घटना देशव्यापी बढेका छन् भन्दै ५२ वषर्ीया भोलाकुमारी आचार्यको अपहरणबारे जानकारी दिन सांसद शिवबहादुर देउजाले गृहमन्त्रीसँग माग गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डको भनाइको गलत व्याख्या गरिएको र काङ्ग्रेसका नेताहरूले राजतन्त्रको पक्षमा वकालत गरेको प्रति टिप्पणी गर्दै सांसद दामा शर्माले संसद्बाट पारित प्रस्ताव तत्काल कार्यान्वयन गर्न, नवलपरासी र कञ्चनपुरमा भएको सीमा अतिक्रमण रोक्न माग गर्नुभयो । उहाँले शिक्षकहरूका माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षा गराउनुभयो ।संविधानसभाको चुनाव छिटो तोकिनुपर्ने, वाईसीएलले जाजरकोट र रुकुममा निर्दोष मान्छेलाई कुटपिट गरेकोमा विरोध गर्दै पर्यटकलाई कुट्ने कार्यले अन्तर्रर्ााट्रयजगत्मा नेपालको बदनाम भएको विचार सांसद रत्नप्रसाद शर्मा नेपालले व्यक्त गर्नुभयो । त्यसपछि सभामुखले गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई 'नेपाल ट्रस्ट विधेयक, २०६४' लाई दफावर छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो । मन्त्री सिटौलाले प्रस्तुत गर्नुभएको प्रस्तावलाई संसद्ले र्सवसम्मतिले पारित गरेपछि सभामुखले संसद्को बैठक मङ्सिर २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभयो ।

No comments: