Saturday, December 15, 2007

प्रमाणीकरण सम्पन्न

भरतपुर समाचारदाता
चितवन, मङ्सिर २८ गते । संयुक्त राष्ट्रिसङ्घीय मिसन (अनमिन)ले माओवादी जनसेनाको प्रमाणीकरणको काम पूरा गरेको छ । पछिल्लोपटक मङ्सिर १८ गतेदेखि सुरु गरेको तेस्रो डिभिजनमा शुक्रबार प्रमाणीकरणको काम सकिएको हो । तेस्रो डिभिजनका प्रवक्ता एवं सचिव अविरलले डिभिजनमा भएका जनसेनाहरुको प्रमाणीकरणको काम सकिएको बताए पनि के कति सङ्ख्यामा प्रमाणीकरण भयो त्यो भने बताउनुभएन ।

प्रवक्ता अविरलका अनुसार तेस्रो डिभिजन अर्न्तर्गत पार्टर्ीीेताको सुरक्षामा रहेका केही जनसेना र उपचारको क्रममा रहेका जनसेनाको प्रमाणीकरणको काम बाँकी रहेको छ । अनमिनले दर्ुइ दिनमा सबै जनसेनाको प्रमाणीकरण गरी सङ्ख्या र्सार्वजनिक गर्ने जानकारी दिएको अविरलले बताउनुभयो ।

चितवन बाहेकका अन्य छवटा शिविरमा यसअघि १५ हजार एक सय १२ जना जनसेनाको प्रमाणीकरण भएको थियो । पहिलो प्रमाणीकरणमा सातवटा मुख्यसहित २८ वटा शिविरमा गरी कुल ३० हजार आठ सय ५२ जनसेना रहेकोमा ६० प्रतिशत जति मात्र दोस्रो चरणमा प्रमाणित हुनसक्ने अनुमान अनमिनले लगाएको थियो ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन