Tuesday, December 11, 2007

दक्षिण एशियामै गरिब मूलूक नेपाल

११ डिसेम्बर, ०७ । एशियाली विकास बैंकका अनुसार प्रतिव्यक्ति आयका आधारमा नेपाल दक्षिण एशियामै सबैभन्दा गरिब राष्ट्रमा सूचिकृत भएको छ । प्रतिव्यक्ति आयका आधारमा ब्रुनाई एसियाकै सबैभन्दा धनी बन्न सफल भएको छ ।ब्रुनाइको प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादनको क्षेत्रीय औषत ६ सय २१ अमेरिकी डलरको तुलनामा १३ गुणा बढी छ । नेपालको तुलनामा त्यहाँको प्रतिव्यक्ति आय चालीस गुणा बढी रहेको छ । प्रतिव्यक्ति आयका आधारमा ब्रुनाइपछि सिंगापुर, मकाउ, हङकङ, ताइवान, बंगलादेश, कम्बोडिया, लाओस, भारत रहेका छन् । एडीबीको अध्ययनमा जापान दक्षिण कोरिया र पूर्वी टिमोरबाहेक एसियाका २३ राष्ट्र समेटिएको छ । एशियाली विकास बैंकका अनुसार भारतको प्रतिव्यक्ति आय एक हजार ५ सय ५१ अमेरिकी डलर रहेको छ भने चीनको प्रतिव्यक्ति आय २ हजार नौ सय ८६ डलर रहेको छ ।

No comments: