Friday, December 14, 2007

अनमिन आवश्यक नभए र्फकन तयार

काठमाडौँ, मङ्सिर २७ गते । नेपालस्थित राष्ट्रसङ्घीय नियोग (अनमिन) प्रमुख इयान मार्टिनले नेपाल अहिले महोवपूर्ण क्षणमा आइपुगेको र यसबाट नेपालको शान्ति प्रक्रियामा नयाँ ढोका खुल्नसक्ने बताउनुभयो । मानवअधिकार गृहद्वारा बिहीबार राजधानीमा आयोजित नेपालको शान्ति प्रक्रियामा राष्ट्रसङ्घको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै मार्टिनले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले राजनीतिक दलहरूबीच पछिल्ला दिनहरूमा देखिएको राजनीतिक समझदारीको वातावरणले शान्ति प्रक्रियामा थप बल पुग्नसक्ने सकारात्मक सङ्केत देखापरेको पनि बताउनुभयो । उहाँले अनमिन नेपालीहरूको आग्रहमा नै शान्ति प्रक्रियामा सहयोग पुर्‍याउन नेपालमा आएको र अनमिनको आवश्यकता नेपालमा छ, छैन भन्ने कुराको निर्ण्र्ाापनि नेपाली जनताले गर्नसक्ने बताउनुभयो । अनमिनका विषयमा विभिन्न तहबाट उठेका आलोचनाप्रति लक्ष्यित गर्दै मार्टिनले भन्नुभयो- अनमिन नेपालमा राख्ने, नराख्नेबारे फेरि तपाईंहरूले एकपटक सोच्नुहोस् । आवश्यक छैन भने भन्नुहोस्, हामी र्फकन तयार छौँ । होइन भने अनावश्यक आलोचना गर्न छाडेर रचनात्मक आलोचना गर्नुहोस्, अनमिन सही आलोचना सुन्न तयार छ । नेपालमा डेढ वर्षलामो युद्धविरामको अवधिमा दस वर्षम्म लडेका दर्ुइपक्षीय सेनाबीच आपसमा एकपटक पनि भिडन्त नहुनु निकै सकारात्मक रहेको र यस्ता घटना विश्वका अन्य द्वन्द्वग्रस्त क्षेत्रमा कमै पाइने पनि बताउनुभयो । उहाँले जनमुक्ति सेनालाई सुरुमा संविधानसभाको निर्वाचन अवधिभरका लागि राख्ने भनिएको तर अहिले झन्डै एक वर्षेखि उनीहरू शिविरमा रहेका र कसैलाई पनि उनीहरूको भविष्य के हुने भन्ने कुराको निर्ण्र्ाानै नगरी लामो समयसम्म यसरी शिविरमा राखिनु नहुने कुरामा उहाँको जोड थियो । त्यस्तै, नेपाली सेना पनि अहिले ब्यारेकमा मात्र सीमित रहेको र कुनै पनि राष्ट्रिय सेनालाई धेरै समय यसरी ब्यारेकमा मात्र सीमित गर्नु पनि ठीक नहुने उहाँको भनाइ थियो । उहाँले जनमुक्ति सेनाको प्रमाणीकरणका क्रममा धेरै लडाकु शान्ति सम्झौता भएपछि भर्ना गरिए र धेरै १८ वर्षुनिका बालबालिका भएको पाइएको तथा नेपाली सेनाले पनि सैनिक भर्ना जारी राखेको र उनीहरूले यस्तो भर्ना आफ्नो पुरानो सङ्ख्यालाई यथावत् राख्नका लागि मात्र गरिएको तर्क पेस गरे पनि दुवै पक्षबाट भएको यस्तो भर्ती शान्ति सम्झौताविपरीत भएको उल्लेख गर्नुभयो । त्यस्तै, उहाँले आफूले प्रधानमन्त्रीलाई अनमिनको अवधि बढाउन आग्रह गरेको, अनमिनले तर्राईका सशस्त्र समूहसँग राजनीतिक वार्ता गरेको, अनमिनले नेपालमा शान्ति सैनिक ल्याउन चाहेको भन्ने जस्ता कुराहरू समाचारमा आउने गरेको भए पनि त्यसमा कुनै सत्यता नरहेको पनि बताउनुभयो । सो कार्यक्रममा बोल्दै डा. विष्णुराज उप्रेतीले अनमिनका गतिविधि पारदर्शी नभएको, नेपालमा रहेका अन्य राष्ट्रसङ्घीय निकायले गर्ने काम पनि अनमिन आफँैले गर्ने गरेको, बढी कर्मचारी राखेको जस्ता कमजोरीहरू औँल्याउनुभयो । त्यस्तै, राजनीतिक रूपमा बढी सक्रिय भएका, आफ्नो भूमिका बढाउन चाहेको जस्ता अनमिनप्रति नागरिक समाजको गुनासो रहेको बताउनुभयो । कार्यक्रमका अर्का वक्ता राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले अनमिनको सहयोग नेपाललाई अझै आवश्यक रहेको र अनमिनलाई दिइएको कार्यादेशको साँघुरो व्याख्या भएको बताउनुभयो ।उहाँ अहिले अनमिन आफैँले आफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने समय पनि आएको बताउनुभयो । कार्यक्रममा मानवअधिकार गृहका महासचिव डा. गोपालकृष्ण सिवाकोटीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन