१२ डिसेम्बर, ०७ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले मुलुकमा वैदेशिक हस्तक्षेपको खतरा बढ्दै गएको दाबी गर्नु भएको छ ।
आज बिहान क्रान्तिकारी विद्यार्थी संघले रुपन्देहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले मुलुकको ध्यान राजनीतिक संकटतिर केन्द्रित रहेको बेला विदेशीहरूले हस्तक्षेपको प्रयास सुरु गरेको बताउनु भयो ।
भारतले नेपालको सीमाक्षेत्रमा सडक निर्माण गर्नु र सीमा अतिक्रमण गर्नुलाई हस्तक्षेपको संज्ञा दिँदै रोहितले दलहरूबीचको विवादको फाइदा विदेशीले लिएको दावी गर्नुभयो । स्थानीय निकाय पुनर्स्थापना भए तराई समस्या समाधान हुने बताउँदै उनले सात दलको बैठकमा आफूले पटकपटक कुरा राख्दा कुनै सुनुवाई नभएको गुनासो पनि पोख्नु भयो । जमिन्दार र किसानबीचको विभेदले तराईमा समस्या झन् बढेको उनको भनाइ थियो ।
Wednesday, December 12, 2007
Subscribe to:
Post Comments (Atom)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन
Post a Comment