Sunday, December 9, 2007

गौरमा सम्भावित भिडन्त रोक्न पहल

काठमाडाँै, मङ्सिर २२ गते । नेकपा -माओवादी) र मधेसी जनअधिकार फोरमबीच रौतहट जिल्लाको सदरमुकाम गौरमा हुनसक्ने भिडन्तको खतरा र्टार्न स्थानीयस्तरमा पहल सुरु भएको छ ।तर्राईमा परस्परविरोधी देखिएका माओवादी र फोरमले गौरमा एकै दिन आआफ्ना जनसभा गर्ने कार्यक्रम र्सार्वजनिक गरेपछि पुनः दुवै पक्षबीच भिडन्त हुने त होइन भन्ने खतरा स्थानीय जनमानसमा उत्पन्न भएको छ ।यही मङ्सिर २९ गते आयोजना गर्ने गरी माओवादीले श्रद्धाञ्जलीसभाको कार्यक्रम घोषणा गरेको छ भने फोरमले बृहत् जनपर््रदर्शनको कार्यक्रम र्सार्वजनिक गरेको छ । दुवै पक्षले आआफ्नो कार्यक्रम पहिले निर्धारित रहेको दाबी गर्दै अडान लिएपछि सम्भावित अप्रिय घटना हुन नदिन स्थानीयस्तरमै पहल सुरु भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीले स्थानीय प्रशासनलगायत विभिन्न स‹संस्थामार्फ वार्ता प्रयास थालिएको बताउनुभयो । दुवै पक्षसँग वार्ता भइरहेको बताउँदै उहाँले वार्ता सफल नभए दुवै कार्यक्रम रद्द गरी अधिकतम रूपमा सुरक्षा उपाय अवलम्बन गरिने जानकारी दिनुभयो ।शान्तिपर्ूण्ा भेला तथा सभा गर्न कसैलाई नरोकिएको, अझ सुरक्षा दिन स्थानीय प्रशासन तयार रहेको प्रजिअ भण्डारीले बताउनुभयो । उहाँले विगतको घटनालाई ध्यानमा राख्दै फोरम र माओवादी दुवै पक्षलाई गम्भीर हुन आग्रह गर्नुभयो ।स्थानीय मानवअधिकारकर्मी रुद्रनारायण झाले वार्ताप्रयास सफल हुने दाबी गर्दै अब कुनै पनि अप्रिय घटनाको स्थानीय बासिन्दाले कडा विरोध गर्ने बताउनुभयो । फोरम र माओवादी दुवैले आफ्ना कार्यक्रमलाई संशोधन गरेर जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।उता नेकपा -माओवादी) र फोरमले आफूहरू वार्ताबाट नभाग्ने तर कार्यक्रम गर्न पाउनुपर्ने अडान दोहोर्‍याएका छन् । ाफ्नो कार्यक्रम र्सार्वजनिक भएपछि मात्र फोरमले जनपर््रदर्शन गर्ने कार्यक्रमको प्रचारप्रसार गरेको माओवादी रौतहट पर्ूवजनसरकार प्रमुख बिन्देश्वर यादवले बताउनुभयो ।"गौर घटनामा दिवङ्गत सहिदहरूको श्रद्धाञ्जलीसभा गर्न नपाउनु अत्यन्त दुःखद् पक्ष हो" भन्नुहँुदै यादवले वाईसीएलको केन्द्रीय मेची महाकाली जनअभियान टोली मङ्सिर २९ गते गौर आइपुग्ने हुँदा टोलीको स्वागत तथा सहयोगार्थ श्रद्धाञ्जलीसभा तय गरिएको स्पष्ट गर्नुभयो ।मधेसी जनअधिकार फोरमका रौतहट अध्यक्ष गणेश यादवले माओवादीद्वारा गौर घटनाका विषयमा प्रहरीसमक्ष दर्ता गरिएको जाहेरी दरखास्त फिर्ता गराउन मङ्सिर २९ गते बृहत् जनपर््रदर्शन गरिने बताउनुभयो । उहाँले माओवादीले कार्यक्रम फिर्ता लिए आफूहरू पनि सहमतिमा जान तयार रहेको बताउनुभयो ।स्मरणीय छ २०६३ चैत ७ गते माओवादी र फोरमले एकै स्थान र समयमा जनसभा गरेपछि भएको झडपमा २७ माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । राष्ट्रिय तथा अन्तर्रर्ााट्रयस्तरमा भर्त्सना गरिएको सो घटनाका अभियुक्तहरूलाई पक्राउ गरी कारबाही गर्न माओवादीले दबाब दिँदै आएका छन् भने माओवादीद्वारा दर्ता गरिएको जाहेरी फिर्ता गर्न माग गर्दै फोरमले गत एक सातादेखि रौतहट बन्द गरेका छन् । यसैबीच गौर समाचारदाता यादवराज पुरीका अनुसार माओवादीका जिल्ला इन्चार्ज अशोकले आफ्नो पार्टर्ीीे कार्यक्रम पहिले नै तय भएकाले फोरमलाई कार्यक्रम फिर्ता लिन आग्रह गरिएको बताउनुभयो । दुवैको कार्यक्रम जुधेकोमा प्रहरी उपरीक्षकले प्रजिअसँगको सल्लाहबाट काम गर्ने बताउनुभयो भने प्रजिअले दुवै पक्षसँग परामर्श गरी कुनै एक पक्षलाई कार्यक्रम र्सार्न वा स्थगित गर्न आग्रह गर्ने जानकारीसमेत दिनुभयो ।नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले दर्ता गराइएको एक सय तीनजनाको किटानी जाहेरीमा अधिकांश निर्दोष व्यक्ति रहेको एक विज्ञप्तिमार्फ जनाएको छ । किटानी जाहेरी खारेज हुनुपर्ने माग राख्दै फोरमले गत १६ गतेदेखि अनिश्चितकालीन रौतहट चक्काजामसमेत गर्दै आएको छ ।

No comments: