काठमाडौं, मंसिर १९ - माओवादीले पहिलेदेखि राजास“ग कार्यगत एकता गर्दै आएको भन्दै सांसदहरूले दरबारिया राष्ट्रवादीस“ग एकताको उसको नीति पुरानै भएको जिकिर गरेका छन् ।
अन्तरिम संसद्मा बुधबार बोल्दै उनीहरूले अन्तिम समयमा आएर पर्ूवर्सत राखी माओवादीले मुखमा आइपुगेको संविधानसभा चुनावसमेत बिथोलेको आरोप लगाए ।
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले माओवादीले राजा नजिकका 'राष्ट्रवादी' स“ग एकता गरी गणतन्त्रको कुरा उठाउनुको औचित्य नभएको टिप्पणी गरे ।
'बिरालोलाई खास्टोले छोपे पनि म्याउ गर्छ,' उनले भने- 'उनीहरूले -प्रचण्ड) बोलिहाले । कांग्रेस र एमालेलाई चलाएर स्वार्थसिद्ध गरेपछि अब माओवादी राजास“ग मिल्दैनन् भन्ने के ग्यारेन्टी -'
उनले 'राष्ट्रवादीस“ग' गठबन्धनको पक्षमा प्रचण्डले दिएको र्सार्वजनिक अभिव्यक्ति
स्वर्गीय राजा वीरेन्द्रस“गको कार्यगत एकताकै निरन्तरता भएको दाबी गर्दै लोकतन्त्रवादी दलहरूलाई सचेत रहन आग्रह गरे । 'राजा नजिकका व्यक्ति भनेका दलाल, पू“जीपति, सामन्तीहरू हुन्छन्,' उनले भने- 'उनीहरूस“ग एकता गर्नु भनेको के हो -'
सदनमा आफ्नो दलको आलोचना हु“दा चर्को प्रतिवाद गर्ने माओवादी सांसदहरू बुधबार भने मौन बसे । सांसद केसीले सात दलले राजनीतिक संकटको निकास खोज्न नसकेको र संसद्लाई प्रभावकारी बनाउन नसकेको भन्दै उनले अन्तरिम व्यवस्था लम्ब्याएर भत्ता मात्र खाने कुरा तत्काल अन्त गर्न माग गरे ।
'जनताले जेठ महिनाभित्रै संविधानसभा निर्वाचन गराउन सांसद भएर अहिलेसम्म किन सांसदको भत्ता खाइरहेको भन्ने प्रश्न उठाएका छन्,' उनले भने- 'तीन सयभन्दा बढी सांसदले दिनह“ु सिंहदरबार आएर घाम ताप्ने काम चा“डै छोट्याउनर्ुपर्छ ।'
कांग्रस सांसद दिलेन्द्रप्रसाद बडुले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिले मुलुकको राजनीतिमा आर्श्चर्यजनक ध्रुवीकरण हुन लागेको संकेत देखिएको टिप्पणी गरे ।
'यस्ता अभिव्यक्तिले मुलुकमा राजनीतिक जटिलतामात्र बढाउ“छ,' उनले भने- 'संसद्मा भएका दलहरूलाई अलग्याउने खेल भइरहेको छ ।' माओवादीले राजनीतिक इमानदारी नदेखाएको टिप्पणी गर्दै उनले सात दलीय एकतामा समस्या देखिएको बताए ।
एमाले सांसद रिजवन अन्सारीले राजाका मानिस समावेश निर्वाचनले राम्रो परिणाम दिन नसक्ने बताए । कांग्रेस सांसद राजेन्द्र खरेलले माओवादीलाई व्यवहार सुधार्न आग्रह गर्दै सञ्चारमाध्यममाथि धावा नबोल्न आग्रह गरे ।
एमाले सांसद प्रदीप ज्ञवालीले विगतका सहमति, समझदारी र शान्ति सम्झौता कार्यान्वयनमा सरकार र माओवादी इमानदार नभएकाले शान्ति प्रक्रियामा आघात पुगेको बताए ।
माओवादी शिविरबाट छापामारहरू बाहिर निस्किएको घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्दै उनले भने- 'हतियार चलाउन जानेकाहरू अन्य समूहमा गए भने स्थिति भयावह बन्नेछ ।'
नेकपा एकीकृतका सांसद नवराज सुवेदीले सुस्ता क्षेत्रमा १४ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमण भएको उल्लेख गर्दै आफू सम्मिलित संसदीय उपसमितिले विगतमा पेस गरेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न सरकारस“ग माग गरे ।
एमाले सांसद चन्द्रमणि खरालले सुस्तामा भारतले गरेको अतिक्रमणले देशको राष्ट्रियतामाथि गम्भीर आ“च पुगेको बताए ।
Thursday, December 6, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment