काठमाडौं, मंसिर २३ - 'पिलेन चढेको पहिलो, नेपालगन्ज आएको पनि पहिलो, काठमाडौं
त झनै पहिलो †'
एसएलसीपछि जुम्लाका तीन दृष्टिविहीन साथीको मतो मिल्यो- काठमाडौं गएर उच्च शिक्षा पढ्ने ।
जुम्लाको चन्दननाथका २० वषर्ीय परशुराम आचार्य, त्यही गाउ“की १७ वषर्ीया अमृता बुढाथापा र गुडारीकी १५ वषर्ीया शान्ति भट्टर्राईको आपसी मिलेमतो कति दरिलो बन्यो भने तिनले आ-आफ्ना घरमा व्रि्रोह गरे ।
'हामीस“ग राजधानी आउने पैसो थिएन, घरपरिवारस“ग पनि केही आयस्ता थिएन,' परशुले भने- 'अनि सदरमुकाम दुनै आएर एलडीओकहा“ धर्ना बस्यौं र काठमाडौंसम्म आइपुग्ने खर्च लिइछाड्यौं ।'
डा“डाका“डा हु“दै उनीहरू खलंगा विमानस्थल आइपुगे । त्यहा“बाट नेपालगन्ज हु“दै बसमा काठमाडौं उत्रिए । 'हामी तीनै जनाले भैरव उच्च माविबाट एसएलसी गरेका हौं,' शान्तिले भनिन्- 'नेदरल्यान्ड सरकारले दिएको सहयोगमा हाम्रो स्कुलमा ब्रेललिपि पनि थियो, छात्रावास थियो, फेरि साथीभाइ पनि सहयोगी थिए ।' तीनैजनाले ५८ प्रतिशत हाराहारी नम्बर ल्याएका छन् । 'हाम्रो स्कुलमा अझै २५ जना दृष्टिविहीन छन्, पोहोर र अहिले गरेर कस्मिरी बुढा र रजाना बुढासहित पा“च जनाले एसएलसी गरेका हौं,' अमृताले भनिन्- 'यता आउने बेलामा भने सिन्जाको भित्री गाउ“मा बस्ने कस्मिरी र रजाना फेलै परेनन् ।'
काठमाडौंमा उनीहरू धेरैतिर भौंतारिए । 'तर काठमाडौंका घर पनि सिमेन्टका, मान्छेका मन पनि सिमेन्टकै हु“दारहेछन्,' परशुले भने- 'बाटो सोध्दा पनि कसैले भन्दैन, गाडी रोक्यो रोकिन्न, खुबै हैरान पायौं ।' खोजिमेलीपछि तिनले भृकुटीमण्डपस्थित नेत्रहीन संघको कार्यालय फेला पारे र अध्यक्ष दीपक सापकोटालाई हारगुहार मागेपछि उच्च शिक्षाको बाटो पनि खोलियो । 'म भक्तपुर सानोठिमी क्याम्पसमा भर्ती भए“, यिनीहरू पीके क्याम्पसमा गए,' भुवनले सुनाए- 'म भक्तपुरकै छात्रावासमा छु, उनीहरू चाबहिलको एक अपांग र दृष्टिविहीन छात्रावासमा छन् ।' तर पछि अमृता र शान्तिले थाहा पाए कि उनीहरूलाई आईएड होइन, आईएमा भर्ना गरिएको
रहेछ । अब उनीहरू आईएड पढ्न ताहाचल क्याम्पस जान चाहन्छन् तर यसको मेलोमेसो मिलाइदिने र यसमा बाटो देखाउने कोही भेटेका छैनन् । 'सुनेकी छु, ताहाचलमा दृष्टिविहीन सर कुमार थापा हुनुहुन्छ, उहा“लाई भेटेर दुःख बिसाउने मन छ,' अमृताले भनिन् ।
'हाम्रो अरू केही होइन,' परशुले सुनाए- 'आईएड पढेर गाउ“मा गएर शिक्षक बन्ने इच्छा छ ।' क्याम्पस वा उच्च मावि पढ्न जुम्लामा शिक्षा संकायको सुविधाजनक पढाइ नरहेको र भए पनि ब्रेललिपि अथवा टेपरर्ेकर्ड सुन्ने बिजुली सुविधा नभएकाले आफूहरूले राजधानी ताकेको उनीहरूले बताए ।
काठमाडौंमा पढ्न र बस्न महिनाको कम्तीमा २५ सय रुपैया“ चाहिने अनुमान निकालेका उनीहरू अहिले भने उधारोमा बसेका छन् । परशु र अमृताले बुबा तथा शान्तिले आमा गुमाइसकेका छन् ।
परशुका अनुसार भिटामिनको कमीले उनी आ“खा ८ वर्षेखि देख्न नसक्ने भएका हुन् भने अमृता र शान्ति आ“खा पाक्ने रोगका कारण तीन वर्षो उमेरदेखि दृष्टिविहीन भएका हुन् । 'तर हाम्रा परिवारमा बढी पढ्ने हामी नै हौं,' शान्ति र अमृताले सुनाए । परशुका दाइले भने आईएड पास गरिसकेका छन् ।
अमृता र शान्ति विषय रोजाइ नमिलेकाले अझै क्याम्पस जान थालेका छैनन् । परशु भने एक सातादेखि कक्षामा नियमित छन् । 'अरू त्यस्तै हो,' उनले भने- 'त्यो मोरो अंग्रेजी भने खोइ, बुझ्न सकेको छैन तर पा“च वर्षफेल भएर पनि आईएड छिनाउ“छु ।' अध्यक्ष सापकोटाका अनुसार अन्धा कल्याण संघ र नेत्रहीन संघमार्फ छात्रवृत्तिको प्रयास जारी छ । 'तर टुंगो लागेको छैन,' उनले भने ।
ढाका टोपी लगाएर क्याम्पस गएका परशुलाई 'पाखे' भनेर जिस्क्याए । 'अनि म पसल गए“ र नेपालको नक्सा वा झन्डा भएको बिर्खे टोपी देऊ भनें,' उनले भने- 'जस्तो जे भए पनि आफ्नो देशलाई हामीले माया गरिरहनर्ुपर्छ ।'
Monday, December 10, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment