शिवपुरी -काठमाडौं, पुस ४ - नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता थुनुवामध्ये केहीलाई हत्यापछि जलाएको आशंकामा शिवपुरीस्थित अल्लेको जंगलमा बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीलगायत अधिकारकर्मीले निरीक्षण गरेका छन् ।
निरीक्षण क्रममा अल्ले जंगलस्थित खोल्सामा जलाइएका काठमा टुक्राहरू तथा शंकास्पद ढंगले गाडिएका प्लास्टिक र जुटका बोराहरू फेला परेका छन् ।
शंकास्पद घटनास्थलमा अंगार र खोल्सामा झन्डै २ सय मिटर तलसम्म जलाइएका काठमा टुक्रा फेला परेका छन् ।
आधा जलेका टुक्रामध्ये केही काठ मिलमा चिरान गरिएका र घरायसी प्रयोगका क्रममा ठोकिएका किलासमेत छन् । जुट र प्लास्टिकका बोराहरू माटोले पुरिएका छन् । एउटा मोबिलको डिब्बा पनि फेला परेको छ । बुधबार बिहान आयोगका अधिकारी, राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको यहा“स्थित कार्यालयका प्रतिनिधि, बेपत्ता नागरिकका परिवारजन तथा सञ्चारकर्मीले घटनास्थलको निरीक्षण गरेका हुन् ।
शंकास्पद घटनास्थल शिवपुरी निकुञ्ज क्षेत्रमा सेनाको कमान्ड तथा स्टाफ कलेजबाट झन्डै दर्ुइ किलोमिटर टाढा छ । घना जंगलभित्र कच्ची सडक मुन्तिर खोल्सामा शव जलाइएको आशंका छ ।
लामो समयसम्म भैरवनाथ गणको सैनिक हिरासतमा रहेका माओवादी र्समर्थक विद्यार्थी नेता कृष्ण केसीका अनुसार बेपत्ता पार्ने कार्यमै संलग्न गणका एक सैनिकले उक्त स्थान पहिचान गराएका हुन् ।
यसअघि उच्चायुक्तको कार्यालयले आफ्नो प्रतिवेदनमा भैरवनाथ गण र युद्धभैरव गणबाट ४९ थुनुवालाई २०६० सालको पुसमा बेपत्ता बनाएको प्रतिवेदन दिएको थियो ।
प्रतिवेदनमा पर्ूवथुनुवाहरूको भनाइ उल्लेख गर्दै भनिएको छ- 'स“गै बसेका पर्ूवथुनुवाहरू २०६० पुस ५ को रातलाई सम्झन्छन् । त्यो रात वा त्यसको एक/दर्ुइ दिनभित्र बाहिर निकालिएका थुनुवाको ठूलो समूह फर्केर आएन ।'
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment