
पोखरा, २५ मंसिर/ट्रकको ठक्करबाट दुइ जना विद्यार्थीको मृत्युभएको विरोधमा पीडित पक्षले मंगलबार पोखरा बन्द गरेका छन् । पोखराका सम्पूर्ण शैक्षिक संस्था बन्द छन् भने विहान १० बजेबाट पोखराको सम्पूर्ण पसलहरु र यातायात पूर्ण रुपमा ठप्प भएको छ । शैक्षिक संस्था बन्दले विद्यार्थीहरु प्रभावित भएका छन् भने यातायात बन्दले र्सवसाधारणले कष्ट झेल्नुपरेको छ । पृथ्वीराजमार्ग। सिदार्थ राजमार्ग र भूपि शेरचन राजमार्ग पूर्ण रुपमा ठप्प भएको छ । ती राजमार्गहरुमा कुनै पनि सवारी साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् । पोखरा उपमहानगरपालिका १७ स्थित विरौटा चोकको घुम्तीमा ना २ ख ६८८४ नम्बरको ट्रकले ग ३ प ६२८ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिदाँ मोटर साइकल चालक बुद्ध गुरुङको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मोटरसाइलक पछाडि सवाररत तेन्जिङ योङतेनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुदाँहुदै मृत्यु भएको थियो । ट्रकले व्याक गरेर किचेको भन्दै मृतकका आफन्त तथा विद्याथीहरुले पोखराको विभिन्न ठाँउमा टायर बालेर बाटो अवरुद्ध बनाएका छन् । पीडितका आफन्तले आज ११ बजे जिल्ला प्रहरी कार्यालयमा चालकको कार्वाही र आवश्यक क्षतिपर्ूर्तिको दवावको लागि एक टोली डेलिगन जिल्ला प्रहरी कार्यालय कास्कीमा आएको प्रहरी उपरिक्षक रमेशकुमार भट्टर्राईले बताउनुभयो । पीडित पक्ष र प्रशासन बीच ११ बजे आवश्यक छलफल हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालयमा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटी लगायत प्रशासन र सुरक्षा अधिकारीहरु जिल्ला प्रहरी कार्यालयमा छलफलको लागि उपस्थित भइसकेेका छन् । 'हामी छलफलका लागि बसेका छौं ।' एसपी भट्टर्राईले भन्नुभयो('पीडित पक्षका आफन्तहरु आउँदैछन् । ११ बजे छलफल गर्ने छौ.।'
।

No comments:
Post a Comment