Friday, December 7, 2007

सुनसरीको जुट कारखानामा आगलागी

७ डिसेम्बर, ०७ । सुनसरीको सोनापुरस्थित जुटको सामाग्री उत्पादन गर्ने अरिहन्त मल्टिफाइबरमा बिहीबार साँझ भएको आगलागीमा करिब ८० लाख बराबरको क्षति भएको छ ।कच्चा जुट राख्ने गोदामबाट सुरु भएको आगो आधा दर्जन गोदाममा फैलिएको थियो । आगो इटहरी, धरान, विराटनगर र इनरुवाबाट गएका दमकल र स्थानिय बासिन्दाले आज बिहान नियन्त्रणमा लिएका थिए ।

No comments: