Thursday, December 6, 2007

नेपाल-बंगलादेश रेलमार्ग बन्ने

नया“दिल्ली, मंसिर १९ - र्सार्कले नेपाललाई भारत हु“दै बंगलादेशको चटगाउ“ जोड्ने रेलमार्ग निर्माण लगायत केही क्षेत्रीय परियोजना अघि बढाउने भएको छ ।
दिल्लीमा शुक्रबार सुरु हुने र्सार्क मन्त्रीस्तरीय बैठकले १४ औं शिखर सम्मेलनका प्रतिबद्धताअनुरूप सदस्य राष्ट्रलाई रेल तथा हवाई मार्गबाट जोड्ने परियोजना कार्यान्वयन गर्ने भएको हो ।
'शिखर सम्मेलनका प्रतिबद्धता र प्रस्तावित केही परियोजनालाई र्सार्क मन्त्रीस्तरीय बैठकले अध्ययन गर्नेछ र कार्यान्वयनको चरणमा अघि बढाउनेछ,' बैठकका एजेन्डाबारे संवाददाताहरूलाई जानकारी दि“दै भारतीय विदेश सचिव शिवशंकर मेनोनले मंगलबार भने । यसमा मुख्य रूपमा यातायात, टेलिमेडिसन, महिला र बालबालिकासम्बन्धी परियोजना छन् ।
प्रस्तावित परियोजना एसियाली विकास बैंकले अध्ययन गरिसकेको छ । मन्त्रीस्तरीय बैठकका एजेन्डा तय गर्न बुधबार सुरु र्सार्क स्थायी समिति बैठकले दक्षिण एसियाली विकास कोष छिट्टै कार्यान्वयन गर्नुपर्नेमा जोड दि“दै त्यसका लागि नियमावली चा“डै बनाउने प्रतिबद्धता जनाएको छ । कोषको चार्टर पास भइसकेको छ । कोषका लागि भारतले १० करोड अमेरिकी डलर दिने घोषणा पहिल्यै गरिसकेको छ ।
कोषको शीघ्र कार्यान्वयनको तयारी गर्न र्सार्क सचिवालयमा एउटा सेल निर्माण गर्नेबारेमा बैठकमा छलफल भएको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया तथा र्सार्क इन्चार्ज प्रद्युम्न शाहले बुधबार कान्तिपुरलाई जनाए । यसबाहेक र्सार्क विश्वविद्यालय चार्टर सदस्य राष्ट्रबाट अनुमोदन हुने प्रक्रियामा
छ । र्सार्क मध्यस्थता परिषद्को मुख्यालय पाकिस्तानमा राख्नेबारे पनि सदस्य राष्ट्रबीच छलफल भइरहेको छ । र्सार्क सदस्यलाई एकअर्कामा जोड्ने मुद्दामा भारतले सुरुदेखि जोड दि“दै आएको छ । त्यसैअनुरूप नेपाल, भारत र बंगलादेशबीच रेल यातायात विस्तार गर्ने, नया“दिल्ली-इस्लामावाद तथा नया“दिल्ली-माले हवाई सर्म्पर्क गर्ने परियोजनालाई पहिलो चरणका कार्यक्रमका रूपमा भारतले अघि सारेको छ । एक हजार एक सय किलोमिटर रेलमार्गले नेपालको वीरगन्ज हु“दै चटगाउ“ जोड्नेछ ।
विदेश सचिव मेनोनले क्षेत्रीय खाद्य बैंकलगायतका केही परियोजना पनि बैठकका एजेन्डा हुने बताए । मंगलबार सकिएको कार्यक्रम समितिको बैठकमा नेपालका तर्फाट पर्यटन विकास र जैविक प्रविधिमा विशेष जोड दिइएको थियो । यसमा छिट्टै हुने र्सार्कस्तरीय पर्यटन मन्त्रीको बैठकमा थप गृहकार्य हुनेछ ।
स्थायी समिति बैठकमा नेपालको नेतृत्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले गरेका छन् । बैठकले कार्यक्रम समितिको प्रतिवेदन पारित गरेको थियो । आचार्यले बुधबारै द्विपक्षीय भेटवार्ताका क्रममा भारतीय विदेश सचिव मेनोनस“ग नेपाल-भारतको पछिल्लो कूटनीतिक अवस्था र समसामयिक मुद्दामा छलफल गरेको बुझिएको छ ।
यसैबीच र्सार्क पर्यवेक्षक हैसियतका लागि मौरिसस र अस्टे्रलियाले आग्रह गरेका छन् । मौरिससलाई उक्त हैसियत दिने कुरा भए पनि अस्ट्रेलियाबारे निर्ण्र्ााभइनसकेको शाहले बताए । १४ औं शिखर सम्मेलनले अमेरिका, युरोपेली संघ, चीन, जापान र दक्षिण कोरियालाई पर्यवेक्षक हैसियत प्रदान गरेको थियो ।

No comments: