काठमाडौं, मंसिर १७ - पहिलो पा“चतारे होटल सोल्टी क्राउन प्लाजाले सात वर्षछि हालैमात्र कोठाका कार्पेट, बत्ती, टेलिभिजन र रङ पूरै परिवर्तन गरेको छ । यो परिवर्तन शान्ति पुनःस्थापनास“गै ठमेलका होटलदेखि रेस्टुरेन्टसम्म देखिन्छ ।
द्वन्द्वस“गै पर्यटक घटेपछि सञ्चालन खर्चसमेत नउठेर कठिनाइमा परेका व्यवसायीले अब धक फुकाएर खर्च गर्न थालेका हुन् । यसअघि लामो मन्दीका कारण अधिकांश न्यूनतम पर्ूवाधारमा चलिरहेका थिए ।
होटलको स्वरूप मात्र होइन सातैपिच्छेजसो नया“ अन्तर्रर्ााट्रय विमान कम्पनीले नेपाल उडान थालिरहेका छन् । यसले पर्यटकको संख्या र सम्भावना दुवै बढेको हो । सरकारी तथ्यांकअनुसार यो वर्षसबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेको रर्ेकर्ड कायम हु“दैछ । डिसेम्बरमा गत वर्षो मात्र संख्या आए पनि नेपाल आउने पर्यटक संख्या यो वर्ष५ लाख नाघ्नेछ ।
नेपाल भ्रमण वर्ष१९९८ का कारण सन् १९९९ मा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख ९१ हजार ५ सय ४ पर्यटक आएका थिए । यो वर्षो ११ महिनामा हवाई मार्ग भएर ३ लाख ३० हजार ४ सय ५५ पर्यटक नेपाल आएका छन् । गत वर्षो २ लाख ५७ हजार ५४ भन्दा २८ दशमलव ६ प्रतिशतले बढी हो । सडक मार्ग भएर अक्टोबरसम्म महिनामा १ लाख ३६ हजार ५१ पर्यटक आएको अध्यागमन विभागले जनाएको छ । हालसम्म ४ लाख ६६ हजार ५ सय ६ पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । नोभेम्बर र डिसेम्बरमा सडकबाट र डिसेम्बरमा जहाजबाट आउने संख्या गत वर्षो जति मात्र भए पनि पर्यटक संख्या यो वर्ष५ लाख नाघ्नेछ । हवाई मार्ग भएर गत वर्षडिसेम्बरमा २६ हजार आएका थिए । सडकबाट दर्ुर्ुइ महिनामा गत वर्षmैं २० हजार मात्र आएमा पनि यो वर्षपर्यटक ५ लाख १२ हजार पुग्नेछन् ।
'लगानीले प्रतिफल दिन थालेको छ,' सोल्टीका महाप्रबन्धक अनिल पाठकले भने- र्'पर्यटक संख्या र कोठा भाडा दुवै बढेको छ ।' गत वर्षहोटलको अकुपेन्सी ७० प्रतिशत रहेकोमा यो वर्षबढेर ८२ प्रतिशत पुगेको पनि उनले बताए । 'कोठाको मूल्य करिब २० प्रतिशत बढेको छ ।' सात वर्षछि सोल्टीले सय वटा कोठाको स्वरूप पूरै परिवर्तन गरेको छ ।
होटलमात्र होइन पदयात्रा व्यवसायीदेखि जलयात्रा र राजधानीको पर्यटक केन्द्र ठमेलमा पनि यसको प्रभाव देखिएको छ । र्'पर्यटक बढेस“गै टुर गाइडको अभाव भएको छ,' गोर्खा इनकाउन्टरका प्रबन्ध निर्देशक राजेन्द्र बजगाईं भन्छन्- र्'पर्यटक संख्याअनुसार आम्दानी बढ्ने प्रस्ट संकेत देखिएको छ । उनले यसै वर्षेखि पदयात्रा सञ्चालन मूल्य गत वर्षो दैनिक ३० अमेरिकी डलरबाट बढाएर ४५ डलर पुर्याएका छन् ।
'ठमेलमा रेस्टुरेन्ट, हस्तकला, होटल सबैमा औसत ३० प्रतिशतले व्यापार बढेको छ,' ठमेल पर्यटन परिषद्का अध्यक्ष नाम्ग्याल लामाले भने- 'यसका आधारमा पुर्ुनर्संरचनामा लगानी पनि बढाएका छौं ।' वृद्धिको आशा र सम्भावनाप्रति उनी विश्वस्त छन् ।
यो समयमा मागअनुसार हवाई टिकट पाएको भए अझै पर्यटक बढ्ने व्यवसायी बताउ“छन् । यसबीचमा आधा दर्जन अन्तर्रर्ााट्रय विमान कम्पनीले उडान गरेका
छन् । हङकङको ड्रागन एयरले आइतबार रातिदेखि उडान थालेको छ । 'तर पनि मागअनुसार आपर्ूर्ति हुन सकेन,' नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स
-नाट्टा) का अध्यक्ष रामकाजी कोने भन्छन्- 'शान्तिले ठोस आकार लिए आगामी दिनमा निकै आशावादी हुन सकिन्छ ।'
यसअघि बंगलादेशको जीएमजी, यर्ूर्एइको एयर अरेबिया, कोरियन एयर, चीनको चाइना साउदर्न, सिंगापुरको सिल्क एयर, यर्ूर्एइको इथियाड एयरले ११ महिनाका बीचमा नेपालमा उडान थालेका हुन् । 'तैपनि टिकट नपाएर धेरैले नेपाल भ्रमण नै रद्द गरेको खबर आएको थियो,' कोनेले भने ।
राजधानीमा मात्र होइन पोखरा, चितवनदेखि मुलुकभरका पर्यटकीय केन्द्रमा पर्यटक संख्या बढेको छ । नगरकोटका केही होटलहरूले समेत कोठा बढाएका छन् । द्वन्द्वले पर्यटक घट्दा सबैभन्दा बढी मारमा बाहिरका व्यवसायी परेका थिए ।
यसैबीच नोभेम्बर महिनामा पनि गत वर्षन्दा १७ दशमलव ६ प्रतिशत बढी ३४ हजार ५ सय ८० पर्यटक नेपाल आएका छन् । बेलायत, अमेरिका, जर्मनी, प|mान्स आदि मुलुकबाट पर्यटक संख्या उच्च बढेको छ ।
Tuesday, December 4, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment