Monday, December 10, 2007
विभिन्न राजनीतिक दलका नौ जना नेताद्वारा राजीनामा
काठमाडौँ, २४ मङ्सिर । तर्राईबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नौ जना नेताले आज यहाँ एक पत्रकार सम्मेलन गरी आफूहरू सो दलबाट अलग भएको घोषणा गर्नुभएको छ । पत्रकार सम्मेलनमा विज्ञान तथा प्रविधिमन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महन्थ ठाकुरले आफूले मन्त्री र संसद सदस्यबाट तथा नेपाल सद्भावना पार्टी आनन्दीदेवीका हृदयेश त्रिपाठी, नेकपा -एमालेका महेन्द्रकुमार यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी रामचन्द्र रायले आ-आफ्नो संसद सदस्य र सम्बन्धित पार्टीबाट राजीनामा दिनुभएको जानकारी दिनुभयो । यसैगरी राष्ट्रिय जनशक्ति पार्टी केन्द्रीय सदस्य र्सर्वेन्द्रनाथ शुक्ला, नेपाली काङ्ग्रेसका रामचन्द्र कुशवाहा, अनिस अन्सारी र वृषेशचन्द्र लाल तथा नेकपा -एमालेका श्रीकृष्ण यादवले पनि आ-आफ्नो पार्टीबाट मधेसको हकहितका लागि राजीनामा दिनुभएको सो अवसरमा बताइयो । व्यवस्थापिका-संसद, प्रमुख राजनीतिक दल र सरकारले राष्ट्रका अत्यावश्यक मुद्दाहरू विशेषगरी तर्राईको समस्या समाधानमा योगदान पुर्याउन नसकेकाले स्वायत मधेसको चाहनाका लागि नेतृत्व गर्न सो अभियान सुरु गरिएको श्री ठाकुरले बताउनुभयो । मधेसको शासन मधेसीको हातमा हुनुपर्छ भन्दै उहाँले अब नयाँ राजनीतिक पार्टी खोल्न्न छलफल अगाडि बढाइएको उल्लेख गर्नुभयो । श्री त्रिपाठीले संविधानसभा मधेसी, दलित र उपेक्षित वर्गका लागि नै आवश्यक रहेकाले र्सार्थक चुनाव गराउन जोड दिने बताउनुभयो । नेपाली काङ्ग्रेसका सांसद जयप्रकाश गुप्ताले मधेसको अधिकारप्राप्तिको अभियानमा राजनीतिक दल र नागरिक समाजका अन्य व्यक्तिहरू पनि समावेश हुने उल्लेख गर्नुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment