Saturday, December 8, 2007

पूर्ण समानुपातिकको माग एमालेले छाड्ने

एमालेका महासचिवले पूर्ण समानुपातिक प्रणालीको माग छाड्ने बताएका छन् ।
एमाले महासचिव माधवकुमार नेपालले संविधानसभा चुनावका लागि पार्टीले समानुपातिक प्रणालीको माग छाड्ने बताएका छन् । कात्तिक १८ गते अन्तरिम संसदको बिशेष अधिवेशनमा संविधानसभा चुनाव पूर्ण समानुपातिक प्रणालीमा हुनुपर्ने माओवादी प्रस्तावमा एमालेले मतदान गरे यता एमाले महासचिवले समानुपातिक प्रणालीमा अडान नलिने बताएको यो पहिलो पटक हो । आदिवासी जनजाति महासंघको २ दिने प्रशिक्षण कार्यक्रमको मङ्सिर २२ राजधानीमा उदघाटन गर्दै महासचिव नेपालले संविधानसभा चुनावका लागि कसैले शर्त राख्न नहुने पनि बताए ।

माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रवादी शक्तिसँग एकता गर्नुपर्ने भनाइको आज एमाले महासचिवले विरोध गरे । प्रचण्डको त्यो भनाइलाई महासचिव नेपालले जनआन्दोलनका दोषीलाई चोख्याउन जल छर्कन खोजेको उल्लेख गरे । महासचिव नेपालले देश टुक्र्याउन खोज्नेबिरुद्ध सम्पूर्ण देशभक्त एक हुनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारप्रति महासचिव नेपालले आज पनि असन्तुष्टी पोखे । इतिहासमै सबैभन्दा बलियो जनादेश प्राप्त सरकार भएर पनि वर्तमान सरकारले अधिकार उपयोग गर्न नसकेको उनको भनाइ थियो । संयुक्त सरकारलाई नेपाली कांग्रेसले एकलौटि तरिकाले चलाएको महासचिवको आरोप थियो । 'सरकारको नेतृत्व परिवर्तन होइन, सरकार पुनर्गठन हुनुपर्छ भन्ने पक्षमा छु' महासचिव नेपालले भने ।

महासचिव नेपालले माओवादी अहिले संविधानसभा च’नावमा जान तयार ह’ँदा कांग्रेस तयार नभएको पनि दावी गरे ।

No comments: