संविधान संशोधन बिधेयक संसदमा दर्ता गरे पनि कयौं बिषयमा सात दलबीच सहमति हुन बाँकि रहेकाले संविधानसभा चुनावबारे अनिश्चय हटेको छैन ।
२९ मंसिर २०६४ | २०:५२ मा पोष्ट गरिएको
प्रिन्ट ईमेल सम्पादकलाई चिट्ठी
अक्षरको आकार: | |
राजनीतिक सहमतिको साटो संविधानसभा चुनावबारे अन्तरिम संविधानमा मिति परिवर्तन गर्ने मात्रै सहमति गरेर सात दलले तत्काललाई संवैधानिक संकट टारेका छन् । तर, महिनौंको प्रयासपछि २०६४ सालभित्रै चुनाव गराउने सहमति मात्र हुनसक्नुले चुनावबारे अनिश्चय हटाउन सकेको छैन । किनभने, उनीहरुबीच अन्य बिबादका बिषयमा सहमति हुन अझै बाँकि छ । अनेक पटक चुनावको मिति तोकिनु र रद्ध हुनुले यो आशंका देखिएको हो ।
पुष १ गते सात दल सहमतिका लागि फेरी बैठक बस्दैछन् । बैठकमा पहिलेदेखि नै बिबादको बिषय बनेको चुनाव प्रणालीबारे पुन छलफल हुनेछ । आजको बैठकमा संविधानसभा सदस्यको सीट संख्या बढाएपछि केही समय सहमति बनेको देखिएको थियो । त्यो सहमतिले संविधानसभामा समानुपातिक ३३५, प्रत्यक्ष २४० र मनोनित २६ सदस्य हुने ब्यवस्था गरेको थियो । तर, दिउँसो नै माओवादीले पूर्ण समानुपातिकको आफ्नो पुरानो अडान दोहोर्याएको एमाले नेता झलनाथ खनाल बताउछन् ।
माओवादीले मङ्सिर २८ गते सचिवालयको बैठक बसी पूर्ण समानुपातिक प्रणालीको बिकल्पमा गोलमेच सम्मेलन गर्नैपर्ने निर्णय गरेको थियो । सात दल बैठकका सहभागिका अनुसार माओवादी प्रतिनिधिले आज चुनाव प्रणालीमा पूर्ण समानुपातिक नभए त्यसबारे गोलमेच सम्मेलनले निर्णय गर्नुपर्ने प्रस्ताव राखेका थिए । माओवादीको यो प्रस्तावलाई अन्य दलले अस्विकार गरेपछि त्यसबारे सहमति भएन ।
पूर्ण समानुपातिक तथा गोलमेच सम्मेलनलाई आज जस्तै माओवादीले भोलीको बैठकमा पनि बिकल्पका रुपमा प्रस्तुत गरे सहमति हुने सम्भावना देखिदैन । शान्तिवार्ताकालमा माओवादीसँगको वार्तामा संलग्न रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला गोलमेच सम्मेलनको प्रस्ताव ल्याउनु संविधानसभा हुन नदिन खोज्नुभएको बताउछन् । संसद भएको मुलुकमा कतै पनि गोलमेच सम्मेलन नगरिएको उनको भनाइ छ । एमाले नेता खनाल माओवादीको यो प्रस्तावलाई 'माओवादीलाई औंशी पूणिर्मा लागेको' मान्छन् । माओवादीलाई औशी पूणिर्मा लागेसम्म के हुन्छ भन्न कठिन रहेको पनि खनालको भनाइ छ ।
Saturday, December 15, 2007
Subscribe to:
Post Comments (Atom)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन
Post a Comment