Thursday, December 13, 2007
देश भूगोलको आधारमा चलाउने होइनः प्रचण्ड
जनकपुर, मङ्सिर २६ गते । नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले मधेसका समस्या समाधानका लागि सांसद र मन्त्रीको राजीनामा विकल्प होइन भन्दै अन्तरिम व्यवस्थापिकाभित्रै सङर्ष गर्न मधेसी सांसदहरुलाई आग्रह गर्नुभएको छ । जनकपुरमा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको दोस्रो भेलालाई बुधबार सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले मधेस समस्या समाधानका लागि काङ्ग्रेस र एमाले असफल भइसकेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो- "देश भूगोलको आधारमा चलाउने होइन, दर्शन र विचारका आधारमा चलाउनु पर्दछ तर काङ्ग्रेस र एमाले यो कुरामा चुकेका छन् ।" अध्यक्ष प्रचण्डले दर्ुइ/तीन दिनमै राजनीतिक जटिलता समाप्त नभए माओवादी आन्दोलनमा र्फकने चेतावनी दिनुभयो । उहाँले जनकपुर आउनुअघि प्रधानमन्त्रीसँग भेट भएको र भेटमा संसद्बाट पारित दर्ुइवटा प्रस्तावप्रति काङ्ग्रेस सकारात्मक भएको जानकारीसमेत दिनुभयो । उहाँले नेपालभर विदेशी चलखेल बढेको र देश गम्भीर दर्ुघटनाको मोडमा पुगेकोले यतिबेला देश बचाउन आपसी समझदारी र एकताको खाँचो रहेको पनि बताउनुभयो । नेकपा (माओवादी)का नेता मातृकाप्रसाद यादवले नेपाली काङ्ग्रेस संसद्बाट गणतन्त्र घोषणा गर्ने पक्षमा रहेको बताउनुभयो । नेपालमा सामाजिक, आर्थिक तथा राजनीतिक मुक्तिका लागि संसद्बाट गणतन्त्रको घोषणा हुनुपर्दछ- नेता यादवको भनाइ छ । कार्यक्रममा माओवादी नेताहरू महेन्द्र पासवान, प्रभु साह, राजकुमारी यादवले सरकारको आलोचना गर्नुभयो । यसअघि बुधबार बिहान हेटौँडामा क्रान्तिकारी पत्रकार स‹ले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेस संसद्बाट गणतन्त्रको घोषणा र पर्ूण्ा समानुपातिक निर्वाचन प्रणालीको पक्षमा लचिलो बनेको बताउनुभयो । राजनीतिक गतिरोध अन्त्य गर्ने मूल मुद्दामा काङ्ग्रेस लचिलो बनेका कारण मङ्सिर महिनाभित्रै राजनीतिक समस्याको समाधान हुने दाबी पनि अध्यक्ष प्रचण्डको थियो । उहाँले मन्त्रिमण्डलको पुनर्गठन गर्नुपर्ने, सरकार सञ्चालनमा संयुक्त सरकारको अनुभूति हुनुपर्ने र शक्तिको आधारमा मन्त्रिमण्डल पर्ुनर्गठन गर्नुपर्ने समेत बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले जनकपुर जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा समेत सम्बोधन गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन
Post a Comment