काठमाडौं, मंसिर २२ - भुटान सरकारले माओवादी गतिविधिमा लागेको आरोपमा नेपालीमूलका तीस नागरिकलाई नौ वर्षजेल सजाय गरेको छ ।
त्यहा“को सरकारी मुखपत्र कुइन्सेल अनलाइनको शनिबार संस्करणमा भुटानको केम्युनिस्ट पार्टर्ीीार्क्सवादी-लेनिनवादी-माओवादी समर्थित ती व्यक्तिहरूले पर्ूर्वी नेपालस्थित शरणार्थी शिविर र भुटानमा त्यस्तो गतिविधि गरेको जनाइएको छ । उनीहरूले नेपालमा प्रशिक्षण लि“दै आएको कुइन्सेलले जनाएको छ ।
सरकारले 'सिर्जना संस्कृत संस्थान' नामको संस्थालाई देखाउ“दै भुटानमा बारम्बार माओवादी बैठक भएको र उनीहरूले र्सवसाधारणबाट खाद्यान्न तथा पैसा असुल्ने गरेको अभियोग लगाएको छ ।
भुटानका कटारे र उगेन्त्सेमा माओवादी बैठकहरू भएको र स्थानीयवासीलाई हातहतियारको तालिम दिलाउन स्थानीय जंगलमा शिविरहरू खडा गरिएको प्रहरी प्रशासनको आरोप छ ।
'आरोपितमध्ये दर्ुइ जना कक्षा १२ मा अध्ययनरत रहेको र उनीहरू पर्ूर्वी नेपालका शरणार्थी शिविरमा गएर माओवादीको राजनीतिक तथा वैचारिक तालिम लिएको देखिएको छ,' कुइन्सेलले उल्लेख छ ।
तालिम भुटान कम्युनिस्ट पार्टर्ीी-माओवादी), डु्रक नेसनल कंग्रेस, भुटान गोर्खा नेसनल लिवरेसन पmन्ट र भुटान पिपुल्स पार्टर्ीी कार्यकर्ताले दिएको जनाइएको छ ।
थुना परेकाहरूले प्रगतिशील, सिर्जना, सयपत्री संस्कृत परिवारका नाममा माओवादी गतिविधि बढाएको आरोप छ । भारतको जलपाइगुडीस्थित लुक्सान गाउ“मा नेपालका शरणार्थी शिविरबाट आएका दर्ुइ महिलाले १३ जना कार्यकर्तालाई प्रशिक्षण दिएको भन्दै उनीहरूलाई भुटानको राष्ट्रिय सुरक्षा नीतिअनुसार जेल चलान गरिएको हो ।
भुटान कम्युनिस्ट पार्टर्ीीे नेपालको माआवादीस“ग नजिकको सम्बन्ध रहेको भन्दै समाचारमा भुटान सरकारविरुद्ध सशस्त्र आन्दोलन गर्न लागेको योजना प्रहरी प्रशासनले थाहा पाएको जनाइएको छ ।
विगतमा राजधानी थिम्पुमा भएका बम विस्फोटहरू पनि माओवादीनिकट भुटान टाइगर फोर्सले गराएको समाचारमा उल्लेख छ । अदालती प्रक्रिया जारी रहेका बेला आरोपितबाट नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) निकटका पर्चा र पुस्तक भेटिएको जनाइएको छ ।
'शरणार्थी घरफिर्ती मुद्दा अल्झाइराख्न भुटानी राजाले सधैंझैं गर्दै आएको यो एउटा नया“ चालबाजी हो,' भुटान पिपुल्स पार्टर्ीी अध्यक्ष बलराम पौडेलले कान्तिपुरस“ग भने- 'यस्ता आधारहीन र फाल्तु कुरामा लागेर अन्तर्रर्ााट्रय समुदायले भुटानलाई छाड्न मिल्दैन ।'
पौडेलले मानव अधिकार र स्वतन्त्रताको लडाइ“ लड्ने सयौं नागरिक भुटानी जेलमा एक दशकभन्दा लामो अवधिदेखि नजरबन्दमा रहेको पनि बताए ।
Sunday, December 9, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment