Wednesday, December 19, 2007
लाल चितवन अभियान सम्पन्न,११ हजार ३ सय माओवादीमा प्रवेश
१९ डिसेम्बर, ०७ । नेकपा माओवादी चितवनले संचालन गरेको लाल चितवन अभियान मंगलबार सम्पन्न भएको छ ।समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा माओवादीका केन्द्रिय सदस्य अग्नि सापकोटाले नेपाललाई कब्जामा लिन खोज्ने विस्तारवादी र साम्राज्यवादी शक्तीहरु विरुद्द सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिदै कुनै पनि शक्तीले नेपालको सार्वभौमसत्ता माथि धावा बोल्न नसक्ने दावी गर्नुभयो ।उहांले संविधानसभाको निर्वाचन देशको आवश्यकता भएको तर पहिलो पहिलो आवश्यकता गणतन्त्र र संबिधान सभाको निर्वाचनमा समानुपातीक प्रणाली भएको बताउदै उहाँले निर्वाचन भाड्न खोज्ने जोकोही लाई पनि जनक्रान्तीले पाखा लगाउने चेतावनी दिनुभयो । उता माओवादी पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा अत्यधिक वृद्धि हुन थालेको छ ।गत मंसिर २२ गतेबाट शुरु गरिएको सो घरदैलो अभियान पूर्वी चितवनका दश गाविस र रत्ननगर नगरपालिकामा संचालन गरिएको थियो । अभियानका क्रममा करिब एक हजार भन्दा बढी माओवादी कार्यकर्ताले प्रत्यक्ष घरदैलो कार्यक्रम तथा कोणसभाहरु समेत सम्पन्न गरेका थिए । अभियानका क्रममा विभिन्न पार्टी र स्वतन्त्र रुपबाटबाट ११ हजार ३ सय ४ जना माओवादीमा प्रवेश गरेको मंगलबार घोषणा गरिएको थियो । जसमध्ये सबै भन्दा धेरै पूर्वी चितवनको जुटपानी गाविसबाट २ हजार जना माओवादीमा प्रवेश गरेको माओवादीका जिल्ला इन्चार्ज पथिकले बताउनुभयो ।त्यस्तै शक्तिखोरबाट एक हजार भन्दा बढी, चैनपुरबाट त्यति नै संख्यामा, खैरहनी र वीरेन्द्रनगरबाट एक एक हजार, रत्ननगरबाट २ हजार, कुमरोजबाट झण्डै एक हजार, शिद्धी, काउले, बछ्यौली, पदमपुरबाट गरि ३ हजार जना माओवादीमा प्रवेश गरिएको समापन समारोहमा जानकारी गराईएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment