Friday, December 7, 2007

बन्दीपुरमा पर्यटकको ओइरो

दमौली, २१ मङ्सिर । तनहुँको पुरानो सदरमुकाम एवम् पर्यटकीय नगरी बन्दीपुरमा हाल आन्तरिक एवम् बाहृय पर्यटकको ओइरो लागेको छ । दैनिक दुईसयभन्दा बढी पर्यटक बन्दीपुर आउने गरेको बन्दीपुर सामाजिक विकास समितिले जनाएको छ । भक्तपुरे शैलीका घर, पुराना मठमन्दिर, संस्कृति र यहाँबाट देखिने हिमश्रृङ्खलाहरूबाट पर्यटकको मन लोभिने गरेको बन्दीपुरेहरू बताउँछन् । तनुहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले यसवर्षबन्दीपुरमा आन्तरिक एवम् बाहृय पर्यटकको सङ्ख्या हृवात्तै बढेको बताउनुभयो । बन्दीपुरलाई अन्तरराष्ट्रिय क्षेेत्रमा चिनाउन यही मङ्सिर २९ देखि पुस २ गतेसम्म बन्दीपुर महोत्सवको आयोजना पनि गरिंदैछ ।

No comments: