Saturday, December 15, 2007
तनहुँको चोकचिसापानीमा जीप दुर्घटना ५ को मृत्यु
पोखरा, २८ मंसिर / तनहुँको चोकचिसापानी भन्ने ठाउँमा शुक्रबार बिहान जिप दुर्घटना हुदाँ ५ जना यात्रुको मृत्यु भएको छ । २१ जना यात्रु लिएर हिडेको ग १ ज ३२५८ नम्बरको जीप चिसापानीमा पुगेपछि दुर्घटना भएको थियो । घटनास्थलमै एक जनाको मृत्युभएको थियो भने गम्भीर घाइते भएकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याइएको छ । क्षेत्रीय अस्पतालमा उपचारको लागि ल्याइएका चिसापानीका ५० वषिर्य गंगाबहादुर गुरुङ र ४० वषिर्य चिजकुमारी गुरुङको उपचारको क्रममा दिउँसो मृत्युभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार अन्य सात जना घाइतेको उपचार भइरहको छ । सामान्य घाइतेहरुको डुम्रेस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ
Subscribe to:
Post Comments (Atom)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन
Post a Comment