Monday, December 10, 2007
आज अन्तराष्ट्रिय मानवअधिकार दिवस मनाइदै
१० डिसेम्बर, ०७ । 'हामी सवैका लागि मर्यादा र न्याय' भन्ने नाराका साथ ६० औं अन्तराष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइदै छ । आजभन्दा ५९ वर्ष अगाडी १० डिसेम्वर अर्थात आजकै दिन संयुक्त राष्ट्रसंघीय महासभाले विश्वब्यापी घोषणापत्र जारी गर्दै यो दिनलाइ मानवअधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा राष्ट्रसंघीय मानवअधिकार उच्चायोग प्रमुख लुइस आर्वरले एक सन्देश जारी गर्दै भन्नुभएको छ - आज हिंसा, जातिवाद, विदेशीप्रतिको असहिष्णुता, यातना, अलोकपि्रय धारणामाथिको दमन तथा सबै प्रकारका अन्यायविरुद्ध उभिने हाम्रो व्यक्तिगत तथा सामूहिक विफलताप्रति मनन गर्ने दिन हो ।यसैगरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन्देश जारी गर्दै मानवअधिकारको रक्षा र सम्मान गर्न सबैलाइ आह्वान गर्नु भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment