सिराहाको माडर प्रहरी चौकीमा गए राती प्रहरी र हतियारधारी समूहबीच गोली हानाहान भएको छ ।
सिराहा जिल्लाको भारतीय सिमा नजिकै रहेको माडर प्रहरी चौकीमा पुष २ गते राति मधेशी मुक्ति टाइगर्स नामको सगठनका हतियारधारी कार्यकर्ताले आक्रमण गरेको छन् । राती १२ बजे प्रहरी चौकीमा ती हतियारधारीले तीन सुतली बम बिस्फोट गराउनुसँगै केही राउण्ड हवाइफायर पनि गरेका थिए । आक्रमणको जवाफमा प्रहरीले ४० राउण्ड गोली चलाएको र प्रहरीतर्फ कुनै क्षति नभएको सिराहा जिल्ला प्रहरी कार्यलयले बताएको छ । प्रहरीका अनुसार, प्रहरीको जवाफी फायरपछि आक्रमणकारीहरु भारततर्फ भागेका थिए । आक्रमण हुँदा प्रहरी चौकीमा सहायक निरिक्षकको नेतृत्वमा १६ प्रहरी थिए ।
तराई क्षेत्रमा अस्तित्वमा रहेका दर्जनभन्दा धेरै हतियारधारी समूहमध्ये मधेशी मुक्ति टाइगर्स एउटा समूह हो । यो समूहको नेता प्रभात रहेको बताइन्छ । उनको खास नामबारे भने धेरैलाई जानकारी छैन ।
Tuesday, December 18, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment