Sunday, December 9, 2007

दुइ दिनका लागि संसद स्थगित

आजको अधिवेशनमा कांग्रेसका बरिष्ठ नेताहरुले हिजो राजतन्त्रको पक्षमा दिएको अभिब्यक्तिको सांसदहरुले कडा बिरोध गरेका थिए ।९ डिसेम्बर, ०७ । संसद अधिवेशन दुइदि सम्मका लागि स्थगित भएको छ । आजको अधिवेशनमा कांग्रेसका बरिष्ठ नेताहरुले हिजो राजतन्त्रको पक्षमा दिएको अभिब्यक्तिको सांसदहरुले कडा बिरोध गरेका थिए ।विशेष समय लिएर बोल्दै सांसदहरुले उनीहरुको अभिब्यक्तिप्रति कांग्रेसको आधिकारीक धारणा आउनुपर्ने समेत माग गरेका थिए । नेकपा एमालेका रघुजी पन्तले राजतन्त्र आवश्यक रहेको अभिब्यक्ति दिने कांग्रेसका जिम्मेवार नेताहरुलाई पार्टीले कार्वाही गर्नुपर्ने माग गर्दै त्यस्ता अभिव्यक्तिको सम्वन्धमा कांग्रेसको आधिकारिक धारणा आउनुपर्ने मांग गर्नुभयो ।त्यस्तै नेकपा माओबादीका सांसद देब गुरुडले राजतन्त्र जोगाउने अभिब्यक्ति शान्ति सम्झौता विपरित भएको बताउनुभयो ।

No comments: