संसद सदस्यबाट राजिनामा दिएका चार जनाको राजिनामा संसदले स्विकृत गरेको छ ।
संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद सदस्यबाट दिइएको राजिनामा स्विकृत गर्ने निर्णय गरेको छ । मङ्सिर २५ गते सभामुख सुवास नेम्वाङको कार्यकक्षमा बसेको कार्यव्यस्था समितिको बैठकले हिजो संसद सदस्यबाट राजिनामा दिने महन्थ ठाकुर, हृदयेश त्रिपाठी, महेन्द्रप्रसाद यादव र रामचन्द्र रायको राजिनामा स्विकृत गर्ने निर्णय गरेको हो । यो समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरु सदस्य रहन्छन् भने यसको अध्यक्षता सभामुखले गर्छन् । अहिले केही बेरमा सुरु हुने संसद बैठकमा सभामुखले उनीहरुको राजिनामा स्विकृत भएको जानकारी सुनाउने भएका छन् ।
मधेशमा छुट्टै राजनीतिक दलको आवश्यक्ता रहेको बताउदै नेपाली कांग्रेसका महन्थ ठाकुर, सदभावना आनन्दीदेवीका हृदयेश त्रिपाठी, एमालेका महेन्द्रप्रसाद यादव र राप्रपाका रामचन्द्र यादवले राजिनामा दिएका थिए ।
Tuesday, December 11, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment