गृहमन्त्री कृष्णप्रसाद सिटौलाले वन्दीहरुका निम्ति औद्योगिक क्षेत्रमा खुला कारवासको ब्यवस्था गरिन लागेको बताएका छन् ।
गृहमन्त्री कृष्णप्रसाद सिटौलाले समुदायका मुद्धाहरुलाई सम्बोधन गरेर संविधानसभा चुनावमा जानुपर्ने बताएका छन् । 'कारागार सुझाव आयोग प्रतिवेदन सार्वजनिक तथा त्यसको कार्यन्वयन पक्ष बिषयक अन्तरक्रिया' का प्रमुख अतिथिका रुपमा मङ्सिर २१ गते राजधानीमा भएको एउटा कायक्रममा बोल्दै सिटौलाले यो बताएका हुन् । सरकार-माओवादी वार्तामा सरकार पक्षका संयोजक रहेका मन्त्री सिटौलाले जारी राजनीतिक समस्या तथा समाधानका लागि भइरहेका प्रयासबारे भने आज केही बोलेनन् ।
कार्यक्रममा मन्त्री सिटौलाले यसै आर्थिक वर्षभित्र सरकारले खुला कारवासको ब्यवस्था गर्न लागेको जानकारी दिए । उनका अनुसार, खुला कारावास औद्योगिक क्षेत्रमा हुनेछ । मन्त्री सिटौलाले खुला कारावासको ब्यवस्थाले अपराध गर्नेहरुलाई सुधार्न सहयोग पुग्ने पनि बताए ।
वन्दी गृहलाई यही आथिर्क वर्षभत्र सुधार गर्ने तयारी भइरहेको पनि कार्यक्रममा सिटौलाले बताए । वन्दीहरुलाई सुविधान थप्न एक महिनाभित्रै वन्दी सम्बन्धी संशोधित नियमावलि संसदमा छलफलका लागि लैजान लागेको पनि कार्यक्रममा मन्त्री सिटौलाले जानकारी दिए ।
Friday, December 7, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment