नेपाल समाचारपत्र (काठमाडौं)संकटग्रस्त’ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ऋणबापत विभिन्न बैंक तथा वित्तीय संस्थालाई ६५ करोड १६ लाख रुपियाँ चुक्ता गरेको छ।
चार महिनायता एउटा बोइङ ७५७ बाट अन्तर्राष्ट्रिय तथा तीनवटा ट्वीनअटर विमानबाट आन्तरिक उडान गर्दै आएको निगमले गत बिहीबारसम्ममा उक्त परिमाणको ऋण चुक्ता गरेको हो।
२०६३ साउन ५ गतेसम्म निगमको कुल ऋण १ अर्ब ४४ करोड ८३ लाख रुपियाँ थियो। चुक्तापछि गत बिहीबारसम्म ऋण परिमाण ७९ करोड ६७ लाख रुपिया“मा झरेको निगमका महाप्रबन्धक गौतमदास श्रेष्ठले जानकारी दिनुभयो।
गएको १६ महिनाभित्र निगमले त्यत्ति परिमाणको ऋण विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिरिसकेको छ’, व्यवस्थापिका-संसद् अर्थसमितिमा शुक्रबार विभिन्न दलका सांसदद्वारा सोधिएको प्रश्नको जवा˚ दिँदै महाप्रबन्धक श्रेष्ठले भन्नुभयो- त्यही अवधिमा निगमले सरकारलाई करबापत १८ करोड ९५ लाख रुपिया“ बुझाइसकेको छ।’
विमान अभावका कारण थप आम्दानीमा कठिनाइ उत्पन्न भएकाले निगमको न्युरोडस्थित केन्द्रीय कार्यालयलाई व्यापारिक प्रयोजनमा दिई केन्द्रीय कार्यालय सिनामंगल सार्ने योजना उहाँले सुनाउनुभयो। त्यसका लागि २ करोड रुपिया“ छुट्टयाइएको छ’ -उहाँले भन्नुभयो।
Saturday, December 15, 2007
Subscribe to:
Post Comments (Atom)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन
Post a Comment