बुटवल, मङ्सिर २५ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभएको छ । "प्रधानमन्त्री परिवर्तन अहिले सम्भव छैन, त्यो हुनुहुँदैन", बुटवलका सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो । लुम्बिनी अञ्चलको नवलपरासी, कपिलवस्तु, पाल्पा र गुल्मीमा भएका विभिन्न कार्यक्रममा सहभागी भई बुटवल आइपुग्नुभएका देउवाले पार्टर्ीीकीकरणपश्चात् कार्यकर्तामाझ भावनात्मक एकता कायम गरी उत्साह थप्न जिल्ला भ्रमणमा आएको बताउनुभयो ।
राजासँग नेकपा (माओवादी)को अघोषित सम्बन्ध देखिएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले विगतमा राजा संवैधानिक हुनुपर्छ भनी काङ्ग्रेसले दृष्टिकोण र्सार्वजनिक गर्दा आफू र आफ्नो पार्टर्ीीई 'शाही' भन्ने माओवादीले अहिले राजासँग साँठगाँठ गरिरहेको देखिन्छ भन्नुभयो । यसैगरी, मङ्गलबार भैरहवामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सात दलको एकतालाई अझै बलियो बनाउनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले सात दलले गणतन्त्र घोषणा गर्न नसक्ने स्पष्ट गर्दै र्सार्वभौम सत्ता जनताबाट हटाएर अर्को तानाशाह जन्माउन नसकिने पनि बताउनुभयो । उहाँले मिश्रति निर्वाचन प्रणाली नेपालको सर्न्दर्भमा उपयुक्त हुने पनि बताउनुभयो । कार्यकर्ता भेलालाई पूर्वमन्त्रीद्वय दीपकुमार उपाध्याय र बालकृष्ण खाँणले पनि सम्बोधन गर्नुभएको थियो ।
Wednesday, December 12, 2007
Subscribe to:
Post Comments (Atom)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन
Post a Comment