Sunday, December 9, 2007

कांग्रेसमाथि दोष थोपर्ने प्रवृत्ती हावी भएकोमा महामन्त्रीको आपत्ति

नेपाली कंाग्रेसका महामन्त्री केबी गुरुङले विधिको शासन अनूरुप मुलुक चल्नुपर्नेमा स्वयं संविधान बनाउनेहरु नै उल्लंघन गर्ने कार्यमा उद्दत रहेको दोषारोपण गर्नुभएको छ । गुरुङले सात पार्टी सरकार भएपनि दोषजति नेपाली कांग्रेसमाथि थोपर्ने प्रवृत्ती हावी भएकोमा आपत्ति जनाउँदै सहमति वेगर संसदमा प्रस्ताव दर्ता गराउनेहरुसँग एकताको कुरा गरेर बस्ने नेपाली काग्रेसको निरिहता भएको टिप्पणी गर्नुभयो । विपी चिन्तन प्रतिष्ठानद्धारा राजधानीमा आयोजित लोकतन्त्र प्रतिको खतरा र त्यसको निराकरण विषयक विचार गोष्ठीमा बोल्दै कांग्रेस महामन्त्री गुरुङले माओवादीले संसदमा प्रस्ताव गराउनु नै अवैधानिक थियो भन्नुभयो । वामपन्थीहरुले संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा विकसित गराएको दोषारोपण गर्दै महामन्त्री गुरुङले भूमिगत समूहलाई समात्न सक्ने माओवादीको वाइसीएलले पत्रकार विरेन्द्र शाहका हत्याराहरुलाई पक्राउ गर्न नसकेकोमा उनीहरु प्रेस प्रति जिम्मेवार छैनन् भन्ने प्रमाणित भएको बताउनुभयो । कार्यक्रममा सरकार संचालन शैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरुले नेपाली कांग्रेसले आफ्नो अडानको राजनीति त्याग्दै माओवादीको पोल्टामा गएको आरो्प लगाएका थिए । कांग्रेस नेताहरुले सात दलीय गठबन्धनको नाममा आफ्नो सिद्धान्तबाट पछि हटेकोमा आफ्नै पार्टी आलोचना गरेका हुन् । कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. नारायण खड्काले सात दलको बैठकमा कांग्रेसले आफ्नो अडान लिन नसकेको आरोप लगाउनुभयो । बैशाख ११ मा भएका सहमति पालना गर्ने अडान सात दलको बैठकमा कांग्रेसले राख्न नसेकेका कारण कांग्रेस जनताप्रति जिम्मेवार नदेखिएको टिप्पणी गर्दै खड्काले सबैलाई समेटेर जाने कांग्रेसी परम्परा मेटिँदै गएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले सहमति कायम गर्ने नाममा अरुको लहै लहैमा लाग्ने हो भने कांग्रेसको अस्तित्व सँकटमा पर्ने चेतावनी समेत दिनुभयो । त्यस अवसरमा नेपाली कांग्रेसका अर्का नेता गोविन्दराज जोशीले माओवादीले नमान्दैमा नेपाली कांग्रेसलाई सँविधान सभामा जान अन्कनाउनर्ुपर्ने कुनै कारण नभएको जिकीर गर्नुभयो । वामपन्थी शक्ति एक भएर सरकार चलाउने भन्ने पछिल्लो भनाईप्रति जोशीले कोही मिलेर गणतन्त्र घोषणा गरोस् या सरकारै किन नचलाओस् यस्मा नेपाली कांग्रेसले किन सहमतिमा जानुपर्यो भन्दै नेतृत्वको आलोचना गर्नुभयोृ । नेता जोशीले ३० सय हतियार देखाएर ३४ हजार जनसेना बताउने माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्न सँभव नभएको जिकीर गर्नुभयो । उहाँले जनसेनालाई नेपाली सेनामा समायोजन नभई समाजमा जिवन यापन गर्नै गरि रुपान्तरण गर्नु आवश्यक रहेको औँल्याउनुभयो । माओवादीले निर्वाचन नचाहेको भन्दै समानुपातिक निर्वाचन प्रणालीमा नै सहमति जनाए पनि माओवादीले निर्वाचन जित्न नसक्नेभएकाले निर्वाचनमा जान डराएको बताउनुभयो । यसैगरी विजय कुमार गच्छदारले माओवादीले र कांग्रेसले गरेको प्रजातन्त्रको परिभाषामा नै अन्तर भएको भन्दै माओवादीले जस्तो नागरिक अधिकार कुण्ठीत हुने प्रजातन्त्रलाई नेपाली जनताले नमान्ने बताउनुभयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री नभएर शान्ति प्रक्रियाको सहयोगी मात्र बनेको भए मुलुकले उचित निकास पाउने बताउर्दै अहिले सवै बाम पन्थी मिलेर प्रधानमन्त्री र कांगे्रसलाई कमजोर बनाउन लागेको आरोप लगाउनुभयो । उहाँले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्न नसकिने बताउदै माओवादीलाई सेनामा समायोजन गरे फेरी तर्राईमा गठन हुने लाखौको संख्यामा रहने सेनालाई सेनामा समायोजन गर्न तयार रहन नेताहरुलाई चुनौती दिनुभयो । अर्का नेता खुमबहादुर खड्काले सुरक्षाको अवस्थामा सुधार नभएमा ३ चार बर्षम्म संविधान सभा हुन नसक्ने बताउदै माओवादीको ८३ सिट गुम्ने भएकाले निर्वाचनमा जान माओवादी डराएको बताउनुभयो । कांग्रेसले अन्य दलहरुसंग वार्ताको नाटक मात्र गरेको भन्दै महासमितिको निर्णय बिरुद्धमा कांग्रेसका वार्तामा सहभागि नेताहरु जान नसक्ने भएकाले महासमितिको निर्णर्य उल्ट्याउनका लागि बिषेश महाधिवेशन बोलाउनुपर्ने बताउनुभयो । संसदले गणतन्त्रको घोषणा गर्दा मुलुकमा रक्तपात हुने पनि बताउनुभयो ।

No comments: