Wednesday, December 5, 2007

क्याम्पसमा पनि भागबन्डा

काठमाडौं, मंसिर १८ - सत्तारूढ दलहरूले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसका प्रमुखहरू भागबन्डामा नियुक्त गर्न थालेका छन् ।
भागबन्डाकै आधारमा उपत्यकाका रत्नराज्य, सानोठिमी र विश्वभाषा क्याम्पस तथा बाहिरका एघार वटामा नियुक्ति भइसकेको छ । बा“कीमा विदेश भ्रमणमा रहेका उपकुलपति फर्केपछि नियुक्ति गरिने विश्वविद्यालयका रेक्टर प्राध्यापक डा. र्सर्ूयलाल अमात्यले जानकारी दिए ।
भागबन्डा क्रममा भक्तपुरको सानोठिमी क्याम्पसमा वरिष्ठलाई छोडेर कनिष्ठलाई जिम्मेवारी दिइएको छ । मंगलबार क्याम्पस प्रमुखमा नियुक्त भएका जगतकृष्ण पोखरेल त्यही क्याम्पसका गणित विषयका उपप्राध्यापक हुन् । माओवादीको सिफारिसमा वरिष्ठता क्रमलाई मिचेर उनलाई प्रमुख बनाइएको हो ।
सामान्यतया वरिष्ठ तथा नेतृत्वदायी प्राध्यापकलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिने गरिन्छ । राजधानीका महत्त्वपर्ूण्ा मानिएका क्याम्पसहरूमा आफ्नो नेतृत्व स्थापित गर्न दलहरूबीच खिचातानी भइरहेको छ ।
स्रँेतका अनुसार कांग्रेसले राजधानीका त्रिचन्द्र, शंकरदेव, पद्मकन्या क्याम्पसमा आफ्नो नेतृत्व हुनुपर्ने अडान राखेको छ । सानोठिमी, पाटन संयुक्त र महेन्द्ररत्न क्याम्पसमा आफ्नो पकड हुनुपर्ने माग माओवादीको छ ।
एमालेनिकट भएको आधारमा रत्नराज्यलक्ष्मी क्याम्पसमा गोपालचन्द्र पोखरेल र विश्वभाषा क्याम्पसमा यादवराज पन्त प्रमुखमा नियुक्त भएका छन् । पार्टर्ीी भाग भए पनि क्याम्पसभित्रका प्रजातान्त्रिक र प्रगतिशील प्राध्यापकहरूको सहमतिमा अन्य उम्मेदवार प्रमुखका लागि तयार नभएपछि उनीहरूलाई प्रमुखमा सिफारिस गरिएको हो । पोखरेल र पन्त दुवैले यसअघि निमित्त प्रमुखका रूपमा काम गरिरहेका थिए ।
सानोठिमी, पाटन र महेन्द्ररत्न क्याम्पसमा माओवादीनिकटहरूको बाहुल्य रहेकाले उनीहरूले ती क्याम्पस नछोड्ने अडान राखेका हुन् । त्रिचन्द्र, शंकरदेव र पद्मकन्यामा वषौर्ंदेखि कांग्रेसनिकटहरूको वर्चस्व छ । सरस्वती, रत्नराज्य, भक्तपुरलगायतमा एमालेको पकड छ ।
'आफ्नो पकड भएका स्थान कसैले छोड्न मानेका छैनन्,' एक सहप्राध्यापकले भने । सत्तारूढ दलहरूले शैक्षिक क्षेत्रमा राजनीतिक भागबन्डा गरेकोमा शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् । राजनीतिक भागबन्डा मिलाउने क्रममा असक्ष्ँम व्यक्तिको हातमा व्यवस्थापन जान सक्ने खतरा रहेकोतर्फउनीहरूले चिन्ता व्यक्त गरेका छन् । 'विद्वद्, अनुभव, प्राज्ञिक क्षमताका आधारमा जिम्मेवारी दिइनर्ुपर्छ,' त्रिभुवन विश्वविद्यालयका पर्ूवउपकुलपति केदारभक्त माथेले भने- 'तर भागबन्डाको विकृति ल्याइयो ।'
दलहरूले यसअघि त्रिभुवन, महेन्द्र संस्कृत, पोखरा र पर्ूवाञ्चल विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिस्टारलगायतका पद भागबन्डा गरिसकेका छन् । यसैगरी त्रिवि सेवा आयोग, विभिन्न संकायका डिनसमेत सहमतिमा नियुक्ति क्रम जारी छ ।
शिक्ष्ँाविद् माथेमाले विश्वविद्यालयलाई प्रँज्ञिकभन्दा बढी राजनीतिक भागबन्डा सीमित गर्दा यसको साख र गुणस्तरमा कमी आउने तर्क उनको छ । भागबन्डाका क्रममा आफूलाई समेत कांग्रेसबाट पदाधिकारी बन्न प्रस्ताव आएको उनले बताए ।
क्याम्पस प्रमुख बनाउन कम्तीमा वरिष्ठ सहप्राध्यापक हुनुपर्ने उल्लेख गर्दै उनले भने- 'यसले मुलुकलाई राम्रो हु“दैन ।'
प्राध्यापक डा. अभि सुवेदीले पनि दलहरूले हास्यास्पद काम गरिरहेको बताए । 'प्राध्यापकहरूको योग्यताभन्दा राजनीतिक पार्टर्ीीे र्समर्थकलाई मात्र नेतृत्व दिनु दर्ुभाग्य हो,' उनले भने- 'यसले विश्वविद्यालयको हालत झन् खराब बनाउ“छ ।'
त्रिविअर्न्तर्गत मुलुकभर ६० वटा आंगिक क्याम्पस छन् । लामो समयसम्म विश्वविद्यालयमा पदाधिकारी नहु“दा अधिकांश क्याम्पस प्रमुखको पदावधि सकिएका थिए । क्याम्पस प्रमुखको पदावधि चार वर्षो हुन्छ ।
क्याम्पस प्र्रमुखको नाम सिफारिस गर्न कांग्रेस, एमाले, माओवादीनिकटका प्राध्यापकहरूको अनौपचारिक कार्यदल बनाइएको
छ । त्यही कार्यदलले नाम सिफारिस गरिरहेको छ ।
उक्त कार्यदलमा संलग्न प्रजातान्त्रिक प्राध्यापक संघका कार्यवाहक सभापति प्रा.डा. कुलप्रसाद कोइरालाले सहमतिका आधारमा डिन, सहायक डिन, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखको नियुक्ति यसै महिना भइसक्ने बताए ।
'एमाले र हाम्रो -कांग्रेस) बीचमा सम्झौता गरेर अघि बढ्नुपरेको छ,' उनले भने- 'माओवादी विचारका प्राध्यापक कम हुनाले कनिष्ठलाई क्याम्पस प्रमुख बनाउनुपरेको हो ।'
प्रगतिशील प्राध्यापक संघका तर्फाट उक्त कार्यदलमा संलग्न प्राध्यापक विजय सिलवालले पनि मुलुकको परिस्थितिअनुसार सबैको सहमति कायम गर्न खोजिएको बताए । व्यवस्थ्ाापन क्षमता भएको जोसुकै पनि प्रमुख हुन सक्ने तर्क उनले दिए ।
त्रिविका रेक्टर प्राध्यापक डा. अमात्यले कार्यदलको सिफारिस आधारमा नियुक्त गरिएको बताए

No comments: