रुकुम, मंसिर २४ - द्वन्द्वका बेला बेपत्ता पारिएका रुकुमका ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ भने १७ जना माओवादी कब्जामा छन् ।
५९ औं अन्तर्रर्ााट्रय मानवअधिकार दिवसमा सोमबार मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र -हरप्लेस) द्वारा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार राज्यबाट ३२, माओवादीबाट १६ तथा अज्ञात समूहबाट ४ गरी ५२ जना बेपत्ता नागरिकको अवस्था अज्ञात छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले यसबारे प्रशासन गम्भीर रहेको र छिट्टै केन्द्रबाट ठोस निर्ण्र्ााआउने बताए ।
माओवादी रुकुम इन्चार्ज पर्ूण्ा र्घर्तीले पनि छिटोभन्दा छिटो माओवादीद्वारा बेपत्ता बनाइएका भनिएकाको अवस्था र्सार्वजनिक गर्ने बताए । कार्यक्रममा सात दलका प्रतिनिधि, पत्रकार, अधिकारवादी लगायतले मानवअधिकारका विषयमा राज्य जिम्मेवार हुनुपर्ने सुझाव दिए ।
शान्तिसम्झौतापछि ११ जनाको अपहरण, ५ जनाको हत्या र २३ जनालाई श्रमशिविरको सजायमा माओवादी संलग्नता पाइएको हरप्लसले जनाएको छ । लोकतन्त्रपछि जिल्लामा २ महिला र ५ पुरुष गरी ७ जनाको हत्या भएको कार्यक्रममा जानकारी दिइयो ।
Tuesday, December 11, 2007
Subscribe to:
Post Comments (Atom)

1 comment:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन
Post a Comment