Thursday, December 6, 2007

जनसेनाको समायोजन गर्न सकिन्छः गृहमन्त्री

६ डिसेम्बर, ०७ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली सेना र माओवादी जनसेनाको समायोजन गरिने बताउनु भएको छ ।हिजो विविसी वर्ल्ड ट्रस्टले भरतपुरमा आयोजना गरेको साझासवाल कार्यक्रममा बोल्दै सिटौलाले माओवादी जनसेनाको प्रमाणीकरण गरिसकेपछि राष्ट्रसंघले तयार पारेको प्रतिवेदनको आधारमा समायोजन गरीने बताउनुभएको हो । उहाँले भन्नुभयो तर ६० प्रतिसत जनसेना मात्रै योग्य रहेको जानकार रिाष्ट्रसंघले दिएको छ । सिटौलाले शिविरमा रहेका जनसेनाको समस्याका सम्बन्धमा सरकार गम्भिर रहेको बताउदै समाधानका लागि पहल जारि राखेको स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो अवस्थामा शिविर व्यवस्थापनका क्रममा भएको जंगल फडानी र तराइको विगँ्रदो शान्ति सुरक्षका विषयमा सोधिएको प्रश्नमा छोटो समयका लागि शिविर निर्माण गरिएको तर राजनितीक परिस्थिति लम्बिदै गएकाले समस्या आएको बताउनु भयो । तराइमा छिट्टै शान्ति सुरक्षा कायम हुने बताउदै अहिले स्थापना गरिएको टास्कफोर्सले काम शुरु गरिसकेको उहँको भनाइ थियो । र्वर्तमान राजनीतिक गतिरोध चाडै अन्त्य हुने बताउदै गृहमन्त्री सिटौलाले जारि छलफल सकारात्मकतातर्फउन्मुख भएको बताउनु भयो । संसदबाट पारित प्रस्ताका सम्बन्धमा बोल्दै उहाँले छिट्टै सहमती हुने विश्वास व्यक्त गर्नुभयो ।

No comments: