पोखरा, २४ मंसिर/नेपाल गणतान्त्रिक खेलकुद महासंघ जिल्ला समिति कास्कीको आयोजनामा सञ्चालित अन्तरक्लबस्तरीय गणतान्त्रिक फुटबल प्रतियोगिताको उपाधि सहारा क्लबले जितेको छ । सोमबार पोखरा रंगशालाको खेल मैदानमा सम्पन्न फाइनल प्रतिस्पर्धामा सहाराले अमरसिंह व्वाइजलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै २० हजार राशीसहितको पुरस्कार जितेको हो ।
अति नै प्रतिर्स्धात्मक खेलमा रक्षापंक्ति सम्हालेका भरपर्दा र अनुभवी जय थापाले सहाराका लागि निर्णायक गोल गर्दै २० हजारको नगद पुरस्कार आफनो पोल्टामा हालेको हो । थापाले पहिलो हाफ अगाडि नै विजयी गोल गरेका थिए । बराबरी गोल गर्न निकै कोशिस गरेको अमरसिंह व्वाइजले भने निर्धारित समयमा गरेका दर्जनौं प्रयासहरु खेर गएपछि उपविजेतामै चित्त बुझाउँदै १० हजार नगदमा राशी हातमा हाल्यो ।
प्रतियोगितामा १६ वटा क्लबहरुले भाग लिएका थिए । फुटबल विजेता तथा उपविजेता क्लब र खेलाडीहरुलाई माओवादी विधेयक खिमलाल देवकोटाले नगदसहित शिल्ड,पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यसैगरी पुरुष भलिबलको उपाधि माछापुच्छ्रेले जितेको छ । माछापुच्छे्रले रामघाट व्वाइज क्लबलाई ३-१ को सेटले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै पुरुष कपर्दीमा पोखरा कराँते समुहले चमन टिमलाई ३०-९ अंकले पराजित गर्दै प्रथम भयो । त्यस्तै महिला कपर्दीको पुरस्कार भने शुक्रराज बलभद्र माविले जित्यो । फाइनलमा पुगेको ए र बी टोलीमा एले बीलाई २३-७ अकले पराजित गरेको थियो ।
Monday, December 10, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment