Monday, December 10, 2007

राप्रपा अग्रगमनको बाटोमा

काठमाडौँ, मङ्सिर २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौँमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन सो पार्टी अध्यक्ष पशुपतिशमशेर जबराले गर्नुभयो । उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्ने सात दलका नेताले राप्रपालाई अछुतो शक्तिका रूपमा व्यवहार गर्न हुँदैन भन्दै यो पार्टी राजाको माघ १९ पछिका कदमको विरोध गरेको स्मरण गराउनुभएको थियो ।नेपाली काङ्ग्रेसका उपसभापति गोपालमान श्रेष्ठले विधानबाट राजतन्त्र हटाएर राप्रपाले पनि अग्रगमनको बाटो समातेको बताउँदै खुसी व्यक्त गर्नुभयो ।"माघ १९ पछि राप्रपालाई सहज थिएन तर पनि उसले राजाको कदमको विरोध गर्‍यो । पशुपतिशमशेर त 'होम एरेस्ट' नै हुनुहुन्थ्यो", उपसभापति श्रेष्ठले भन्नुभयो- "हामी सबै गणतन्त्र स्थापनाको पक्षमा छौँ, राप्रपा पनि हामी सँगसँगै छ, त्यसैलै अब हामीले कसैलाई अछुतो भन्ने अवस्था छैन ।" उहाँले अब लोकतन्त्र र गणतन्त्रको पक्षमा उभिएका दलहरू मिलेर राष्ट्रलाई विकास दिनर्ुपर्छ भन्नुभयो ।उपसभापति श्रेष्ठले मुलुकलाई अग्रगमन दिन र राष्ट्रियता जोगाउन सबै लोकतन्त्रवादीहरू एउटै छातामा उभिनु जरुरी भएको धारणासमेत व्यक्त गर्नुभयो । "हामी सबै मिलेर सात पार्टी एकतालाई कायम राख्दै संसद्मा भएका अन्य पार्टी सुझाव र सल्लाह लिएर अघि बढौँ, राष्ट्रले आज खोजेको यही नै हो", उहाँको भनाइ थियो । नेकपा (माओवादी)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियताको प्रसङ्ग उठाउँदा राजालाई जोडेर हेर्ने गरिएकोले यो गलत धारणामा परिवर्तन ल्याउन राष्ट्रियताको नयाँ व्याख्या जरुरी भएको बताउनुभयो ।"राष्ट्रियताको प्रतिक अब राजा वा राजतन्त्र हुनै सक्दैन", प्रवक्ता महराले भन्नुभयो, नयाँ नेपालको स्थापना हुन लागेका बेला यसको पनि नयाँ परिभाषा गरिनुपर्छ । माओवादीका प्रवक्ता महराले सच्चा गणतन्त्र र लोकतन्त्रवादी मात्र सच्चा राष्ट्रवादी हुनसक्ने भएकाले यसको नयाँ परिभाषा यही हुनुपर्ने बताउनुभयो । उहाँले यही आधारमा राष्ट्रवादीहरूको एकता कायम हुनुपर्ने आफ्नो पार्टी स्पष्ट धारणा रहेको बताउनुभयो ।अब पुरानो सोच र आधारमा एकता सम्भव छैन, नेता महराले एकतामा नयाँपन आवश्यक छ भन्दै जनता नै राष्ट्रियता र लोकतन्त्रका स्रोत मानौँ र अघि बढौँ भन्ने माओवादीको प्रस्ट धारणा रहिआएको बताउनुभयो । उहाँले राष्ट्रियता र गणतन्त्रको दिशामा राप्रपाको अधिवेशन केन्द्रित होस् भन्ने शुभकामना पनि दिनुभयो । नेकपा (एमाले)का नेता भरतमोहन अधिकारीले देशका धेरैवटा मुद्दामा राप्रपा र एमालेको एउटै सोच रहेको बताउनुभयो ।उहाँले भन्नुभयो- निर्वाचन समानुपातिक प्रणालीकै आधारमा हुनरुपर्छ भन्ने विषयमा राप्रपा र एमालेको एउटै मत थियो र छ । नेता अधिकारीले पनि राप्रपाले आफ्नो दस्तावेजबाट राजतन्त्र हटाएकोमा राप्रपालाई बधाई दिनुभयो । "अब हामी सबैका बीचमा गणतन्त्र साझा मुद्दा भइसक्यो, त्यसैले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा सबै एकजुट भएर अघि बढौँ ।" उहाँले देशले संविधानसभाको निर्वाचन चाहेकाले सके फागुन, नभए चैतभित्रै निर्वाचनको मिति तोकौँ भन्दै निर्वाचन मात्र अग्रगमनको आधार हुने स्पष्ट पार्नुभयो ।संयुक्त वाममोर्चाका अध्यक्ष सीपी मैनालीले राजाको कदमका विरुद्ध राप्रपा सक्रिय रहेको र राप्रपा पनि मुलुकमा अग्रगमनका लागि रक्तपातविहीन क्रान्तिको पक्षमा सकारात्मक शक्तिको रूपमा आफूलाई उभ्याउन प्रयासरत रहेको बताउनुभयो । नेता मैनालीले भन्नुभयो- राजनीतिक गतिरोध अन्त्य गर्न दलहरूले आपसी विवाद मिलाउँदै सहमतिको बाटोमा उभिन सक्नर्ुपर्छ । कसैले पनि विवादका बीचमा अवसर खोज्न हुँदैन ।राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवं समारोहका सभापति पशुपतिशमशेर जबराले सात दलले जनआन्दोलन-२ को म्यान्डेट पूरा गर्न नसक्दा मुलुक अस्तव्यस्त बन्न पुगेको आरोप लगाउनुभयो ।अध्यक्ष जबराले नेपाली जनताको अहिलेको एकमात्र एजेन्डा भनेकै संविधानसभाको निर्वाचन भएकाले संविधानसभाको निर्वाचन यही वर्षभत्रमा गराउनैपर्ने माग गर्नुभयो । "संविधानसभाले मात्र नेपाली जनतालाई र्सार्वभौम बनाउनुसक्छ ।" अध्यक्ष जबराले महाधिवेशनका सहभागीलाई पार्टी कताको म्यान्डेट दिन आग्रहसमेत गर्नुभयो ।"म र्सूयबहादुर थापाजीलाई भन्न चाहन्छु, राप्रपा, पार्टर्ीीकताको पक्षमा छ, म उहाँलाई अनुरोध गर्न चाहन्छु पार्टर्ीीमलाउन पशुपतिशमशेरले कुनै कसर बाँकी राख्ने छैन, अध्यक्ष जबराले यस्तो भन्दा महाधिवेशनका सहभागीले पार्टर्ीीकताको पक्षमा ताली बजाएर स्वागत गरेका थिए । राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापाले पुराना कुरा केही सम्झाउन चाहन्छु भन्दै तेस्रो महाधिवेशनमा आफूले नै पशुपतिशमशेरलाई पार्टर्ीीे कार्यभार हस्तान्तरण गरेको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो- त्यसैको निरन्तरतामा तपाईंहरू यहाँ उपस्थित हुनुभएको छ तर म भने बेग्लै हैसियतमा यहाँ उपस्थित छु ।श्री थापाले शक्ति सन्तुलनले मात्र नेपाली राजनीतिलाई सहजरूपमा अघि बढाउने भएकाले अहिले राजनीतिमा शक्ति सन्तुलन आवश्यक परेको पनि बताउनुभयो । उहाँले पनि सबै प्रजातन्त्रवादीहरूको एकतामा जोड दिनुभयो । राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले राष्ट्रको निर्माणमा सबैको समान सहभागिता आवश्यक हुने बताउनुभयो । उहाँले मुुलुक निर्माण गर्ने लाइसेन्स केही दलले मात्र पाएकाले अहिलेको बेथिति देखापरेको हो कि भन्नुभयो । अधिवेशन तीन दिनसम्म सञ्चालन हुने र यसले नयाँ नेतृत्वको समेत चयन गर्ने बताइएको छ ।

No comments: