काठमाडौं, मंसिर २२ - चिकित्सकलाई अपहरण गरी यातना दिने माओवादी सम्बद्ध वाईसीएलका कार्यकर्तामाथि तत्काल कारबाही र दण्डहीनताको अन्त्यको माग गर्दै स्वाथ्यकर्मीहरूले बुधबार मुलुकभरका स्वास्थ्य संस्था बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले दण्डहीनताको अन्त्य र माओवादी उच्छृंखलताको विरोधमा मुलुकभरका सबै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द रहने जनाएको छ ।
वरिष्ठ चिकित्सक एवं नोबेल मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र गिरीलगायत सञ्चालक समितिका अन्य सदस्यलाई वाईसीएलले अपहरण गरेर शारीरिक र मानसिक यातना दिए पनि हालसम्म दोषीमाथि कारबाही नभएको विरोध स्वरूप उक्त बन्द गर्न लागिएको हो ।
Sunday, December 9, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment