Thursday, December 13, 2007

कटवाललाई भारतको मानार्थ प्रधानसेनापति

नया“दिल्ली, मंसिर २६ - भारतले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई भारतीय सेनाको 'मानार्थ प्रधानसेनापति' सम्मान दि“दै स्थगित सैन्य परम्परालाई निरन्तरता दिएको छ ।
राष्ट्रपति प्रतिभा पाटिलले कटवाललाई बुधबार राष्ट्रपति निवासको अशोका हलमा आयोजित कार्यक्रममा मानार्थ प्रधानसेनापतिको सम्मान दिएकी हुन् । राजाले चार वर्षघि सत्ता लिएपछि नेपाली सेनालाई दि“दै आएको सहयोग र सम्बन्ध भारतले रोकेको थियो ।
स्थगित सैन्य सहयोग र सम्बन्ध सुचारु गर्ने संकेत दि“दै भारतीय सेना प्रमुख दीपक कपुरले समकक्षी कटवाललाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । परम्पराअनुसार नेपाली सेनाका प्रमुख भारतीय सेनाको मानार्थ प्रधानसेनापति हुन्छन् । हरेक प्रधानसेनापतिले नियुक्तिपछि भारत भ्रमण गर्दा यस्तो सम्मान पाउने गर्छन् । त्यसैगरी भारतीय प्रधानसेनापतिले नेपाल भ्रमण गर्ने प्रचलन छ ।
सम्मान दिने वा नदिने भन्नेबारे भारतीय सुरक्षा संयन्त्र केही महिनादेखि छलफलमा थियो ।
भारतीय सैन्य प्रतिष्ठानको प्लाटिनम जुब्लीमा 'विशेष अतिथि' का रूपमा सहभागी हु“दै देहरादूनबाट मंगलबार दिल्ली आएका उनले तत्कालै सुरक्षा अधिकारीहरूस“ग भेटवार्तासमेत सुरु गरेका छन् । कटवाल प्रतिष्ठानका पर्ूवविद्यार्थी पनि हुन् । देहरादून प्लाटिनम जुब्लीमा प्रधानमन्त्री मनमोहन सिंह प्रमुख अतिथि बनेका थिए ।
यसअघि राजाको प्रत्यक्ष शासनमा सहयोग पुर्‍याउने तत्कालीन प्रधानसेनापति प्यारजंग थापाको कार्यकालको पछिल्लो समयमा भारतले नेपाललाई दि“दै आएको सैन्य सहयोग रोक्का गरेको थियो । मानार्थ सम्मान पाउनुअघि कटवालले भारतीय सुरक्षा अधिकारीका प्रमुखहरूस“ग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । स्रोतका अनुसार उनले सैन्य सम्बन्ध र सहयोग आदानप्रदान लगायत द्विपक्षीय मुद्दामा छलफल गरेका थिए ।
कटवालले बुधबार रक्षामन्त्री ए.के. एन्टोनीस“ग भेटेका थिए । उनले प्रमुख कपुर, जलसेना प्रमुख एडमिरल सुरेश मेहता र हवाई सेना प्रमुख फाली होमी मेजरस“ग बेग्लाबेग्लै भेटवार्ता गरे । त्यसैगरी कटवालले भारतीय रक्षासचिव विजय सिंहस“ग पनि भेटवार्ता गरे । हतियार आपर्ूर्ति गर्न आग्रह
प्रधानसेनापति कटवालले हातहतियारको आपर्ूर्ति नियमित गर्न भारतीय अधिकारीहरूस“ग आग्रह गरेका छन् । विदेशमन्त्री प्रणव मुखर्जी, रक्षामन्त्री ए.के. एन्टोनीलगायत सुरक्षा अधिकारीहरूलाई भेटी हतियार आपर्ूर्ति नियमित गर्न आग्रह गरेको प्रेस ट्रस्ट अफ इन्डिया -पीटीआई) ले जनाएको छ । भारतले नेपाली सेनालाई हेलिकप्टर, लडाकु हतियार, नाइटभिजन यन्त्रहरू उपलब्ध गराउ“दै आएको छ । स्रोतका अनुसार भारतीय सेना प्रमुख दीपक कपुरस“ग भएको भेटवार्तामा भारतीय सुरक्षा चासोबारे विस्तारित जानकारी गराइएको थियो ।
दर्ुइ प्रमुखबीच आपसी सुरक्षा चासोबारे छलफल भएको थियो । कटवालले बिहीबार राष्ट्रिय सुरक्षा सल्लाहकार एमके नारायणन, विदेश सचिव शिवशंकर मेनोन र प्रधानमन्त्रीका विशेषदूत तथा नेपालका लागि पर्ूवभारतीय राजदूत श्यामशरणलाई भेट्नेछन् ।

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन