सात दलले राजनीतिक सहमतीको दस्तावेज बनाउन गठन गरेको समितिको बैठक सकिएको छ । २९ मंसिरमा बसेको बैठकले गणतन्त्र घोषणा अन्तरिम संविधानमा उल्लेख गरी संविधानसभापछि कार्यान्वयन गर्ने, निर्वाचन प्रणालीअन्र्तगत समानुपातिकमा ४२ र प्रत्यक्ष निर्वाचन प्रणालीमा ५८ प्रतिशत सदस्य संख्या बनाउने सहमतीअनुसार दस्तावेज तयार गरेको स्रोतले बतायो ।
बैठकले संविधानसभा सदस्य संख्या बढाउनेगरी दस्तावेज तयार गरेको छ । जसअनुसार सदस्य संख्या पांच सयको हाराहारीमा पुर्याउने बुझिएको छ । माओवादी पक्षले भने निर्वाचन प्रणालीमा असहमती जनाउदै नोट अफ डिसेन्ट लेख्ने तयारी गरिरहेको छ । अन्य दलहरु उसलाई नोट अफ डिसेन्ट नलेख्न आग्रह गरिरहेका छन् ।
प्याकेजमा सहमती बनाउने निर्णअनुरुप द्वन्द्वपिडितलाई राहत प्रदान गर्ने, सेना समायोजन गर्ने, वेपत्ताको स्थिति सार्वजनिक गर्नेलगायतका विषयमा आयोग गठन गरी काम थाल्ने निर्णय गरिएको स्रोतले बतायो । समिति गठन गरेका छन् । २९ मंसिरमा बालुवाटारमा बसेको बैठकले दुइ घन्टाभित्र लिखित दस्तावेजलाई अन्तिम रुप दिन समिति गठन गरेको हो । दस्तावेजमा सात दलका नेताहरुले हस्ताक्षर गरेपछि सरकारले संसदमा अन्तरिम संविधान संशोधनको प्रस्ताव आजै दर्ता गर्नेभएको छ । दस्तावेज तयार गर्न नेपाली कांग्रेसमा महामन्त्री विमलेन्द्र निधि, एमाले नेता भरतमोहन अधिकारी, माओवादी वरिष्ठ नेता डा.बाबुराम भट्टर्राई, जनमोर्चा नेता लिलामणि पोखरेल, वाममोर्चा अध्यक्ष सीपी मैनालीलगायतका नेताहरु सक्रिय हुनुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment