आफ्नो सहपाठीको उपचार अभावमा मृत्यु भएको भन्दै बुटवलस्थित क्यानन कलेजका विद्यार्थीहरुले मगंगलबार बिहानैबाट बजार बन्द गराएका छन् ।
कजेलको बसले सोमबार बिहान ठक्कर दिदा घाइते भएका कक्षा ११ मा अध्ययनरत रुपन्देही मुर्गियाका श्रीकुमार थापाको उपचारका लागि राजधानी ल्याउने क्रममा गएराति ९ बजेतिर कलंकीमा मृत्यु भएको थियो ।
बिहान बुटवलको हिलपार्कमा बसले ठक्कर दिएका थापालाई लुम्बिनी अञ्चल अस्पतालले काठमाडौ रिफर गरे पनि कजेल प्रशासनले हवाई जहाजमा नलगी एम्बुलेन्सबाट राजधानी पठाएकाले उनको उपचार अभावमा बाटोमै मृत्यु भएको आरोप विद्यार्थीहरुले लगाएका छन् ।
मंगलबार बिहानै आफ्नो साथीको मृत्युको खबर पाएपछि आक्रोशित विद्यार्थीहरुले बुटवलको मिलनचोक, हस्पिटल लाइन, राजमार्ग चौराहामा सवारी साधन तेर्स्याएर बाटो अवरुद्ध पारेका छन् । चक्काजामका कारण पूर्व पश्चिम राजमार्गको बुटवल खण्डको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।
Tuesday, December 4, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment