Sunday, December 9, 2007
गणतन्त्रलाई कसैले रोक्न नसक्नेःनेपाल
काठमाडौँ, मङ्सिर २२ गते । नेकपा -एमाले)का महासचिव माधवकुमार नेपालले मुलुकलाई गणतन्त्र हुनबाट अब कसैले रोक्न खोजेर रोक्न नसक्ने बताउनुभएको छ ।नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आयोजना गरेको दर्ुइदिने राष्ट्रिय प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।उहाँले विगतको समीक्षा गरेर अगाडि बढ्न सबैले आँट गर्न सक्नर्ुपर्छ भन्दै समानुपातिकको विषयमा मात्र अल्भिmरहने हो भने जनआन्दोलनबाट पाएको उपलब्धि गुम्नसक्ने खतरा भएको धारणा पनि राख्नुभयो ।जनआन्दोलनका विरोधीलाई चोख्याउने प्रयास हुनु हँुदैन र देश टुक्र्याउने सबै प्रयास विफल बनाउन सरकारले अग्रसरता देखाउनर्ुपर्छ भन्दै उहाँले माओवादीको राष्ट्रवादीसम्बन्धी व्याख्या के हो भनी प्रश्न गर्नुभयो । महासचिव नेपालले संविधानसभा चुनावको मुखमा विभिन्न बखेडा निकालिएका कारण चुनाव हुन नसकेको भन्दै फेरि २०४७ को संविधानलाई फर्काउने सोच कसैले गरेको भए त्यो घातक हुने बतउनुभयो ।सात पार्टर्ीीमस्याको समाधान निकाल्न सक्षम रहेको र देशलाई छिटो निकास दिन सबै पार्टर्ीी आफ्ना केही हठ त्याग्न तयार हुनुपर्ने उहाँको कथन थियो ।उहाँले गणतन्त्र संविधानसभाको चुनावबाट हुनर्ुपर्छ तर चुनावअगाडि नै राजनीतिक सहमतिबाट गणतन्त्र स्थापना हुने भएमा पनि एमालेले सहमति जनाउने बताउनुभयो ।संविधानसभाको चुनाव तोकिएको मितिमा भएको भए गणतन्त्र आइसक्ने थियो भन्दै महासचिव नेपालले नयाँ जटिलता थप्ने सोच कसैले अगाडि ल्याउन नहुने प्रस्ट पार्नुभयो ।सही विचारले राष्ट्रलाई अगाडि बढाउन सहयोग पुग्ने धारणा राख्दै महासचिव नेपालले तयारीबिना सात पार्टर्ीीे बैठक बस्नाले समाधानको बाटो निस्कन नसकेको र आफ्नो पार्टर्ीीे धारणा २०६४ भित्र नै चुनाव हुनर्ुपर्छ भन्ने रहेको खुलासा गर्नुभयो ।जनजातिहरूको परिचय दिइँदा अबका दिनमा नयाँ नेपाल बनाउने भनेर परिचय दिन आवश्यक भएको तर्क राख्दै उहाँले देशभित्र व्याप्त सामन्तवादको अन्त्य गर्दै संविधानसभाको निर्वाचन गरेर मुलुकलाई स‹ात्मक ढाँचामा लगेर जनजातिको समस्या समाधान गर्न सकिने धारणा राख्नुभयो । उहाँको कथन थियो, "जनजातिको आधारभूत हितको सवाललाई तिखो वैचारिक सर्‹ष्ाबाट सही विचारको जन्म दिँदै समाधानको बाटोमा लाग्नर्ुपर्छ ।"उहाँले सबै सामाजिक, आर्थिक रुपमा पिछडिएका सबै वर्ग, जाति-जनजाति, महिला, दलितलगायत सबै समुदायको सन्तुलित विकास आवश्यक भएको उल्लेख गर्दै सबैलाई गोलबन्दी गर्न आवश्यक भएको तर्क राख्नुभयो ।कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाल लोकतान्त्रिक आदिवासी-जनजाति महासङ्घका अध्यक्ष पृथ्वी सुब्बा गुरुङले आदिवासी जनजातिको आन्दोलनलाई सही बाटोमा हिँडाउन आवश्यक भएको उल्ल्ेख गर्दै शोेषणरहित समाजको निर्माणमा जनजाति आदिवासी आफँैले अग्रसरता देखाउन आवश्यक रहेको बताउनुभयो ।उहाँले वर्गीय र जातीय समस्या एकै पटक समाधान हुनर्ुपर्छ भन्दै शोषणमा परेका सबै शक्तिलाई समेट्न महासङ्घ प्रयासरत रहनेछ भन्नुभयो ।नेपाल लोकतान्त्रिक आदिवासी-जनजाति महासङ्घका महासचिव दलबहादुर रानाले महासङ्घले जाति जनजातिको सवाललाई अगाडि बढाइरहेको र यो समस्या वर्गीय आन्दोलनको एक अङ्ग भएको धारणा राख्नुभयो । त्यस्तै महासङ्घका उपाध्यक्ष नगेन्द्र चौधरीले संविधानसभाको निर्वाचनले आदिवासी जनजातिको समस्या समाधान हुने तर्क राख्नुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment