Thursday, December 6, 2007
चन्दा र अपहरणले उद्योग व्यवसायीहरु पलायन तर्फ
पोखरा, २० मंसिर/द्धन्द्धपछि शान्तिको अनुभूति गरिएपनि निजी क्षेत्रमा जारी रहेको चन्दा, अपहरण र धम्की नरोकिदाँ उद्योग व्यवसायीहरु पलायनको तर्फधेकेलिदैं गएको उद्योग व्यवसायीहरुले बताएका छन् । उनीहरुले द्धन्द्धले अप्ठयारोमा परेको निजी क्षेत्र संक्रमणकालिन अवस्थामा पनि जारी चन्दा आतंकले लगानीको लागि थप नैराश्ता पैदा गरको जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला २०६४को उदघाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डीराज ढकालले जबसम्म राज्य र राजनीतिक दलहरु गम्भीर हुदैन तबसम्म निजी क्षेत्र नफष्टाउने बताउनुभयो । 'राजनीतिक अस्थीरताले नेपाल बैदेशिक उत्पादनको बजार बनेको छ ।' उहाँले भन्नुभयो('निजी क्षेत्रमाथिको आक्रमणले नेपाली उत्पादन प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै गएको छ ।' अध्यक्ष ढकालले प्रतिस्पर्धात्मक क्षमताको अभाव र लगानीको बातावरण अझै नबन्दा स्रोत र साधनहरु विदेशिएको दावी गर्नुभयो । उदघाटन समारोहमा उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष कुशकुमार जोशीले बढदो चन्दा आंतकले सरकार छ भन्ने अनुभूति नेपाली जनतालाई नपरेको ठोकुवा गर्नुभयो । उहाँले निजी क्षेत्रको पहिलो एजेण्डा नै शान्ति सुरक्षा भएकोले शान्ति सुरक्षाको लागि सरकारले गम्भीर भएर सोच्न समेत आग्रह गर्नुभयो । 'शान्ति सुरक्षा बिना आर्थिक क्षेत्र फष्टाउँदैन् ।' उहाँले भन्नुभयो('त्यसको लागि सरकारको ध्यानाकर्षा हुनु जरुरी छ ।' यसैगरी कार्यक्रममा नारायण उद्योग वाणिज्य संघका अध्यक्ष उदय श्रेष्ठले संविधान सभाको चुनावको अन्यौलले उद्योग व्यवसायीहरु लगानी गर्न तर्फअन्यौल बनको बताउनुभयो ।व्यापार मेलाको मुख्य प्रायोजक भूमिका निर्वाह गरेको नेपाल राष्ट्रिय बाणिज्य बंक पोखराका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले भविष्यमा पनि व्यापार मेलाको प्रायोजक बन्दै सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जाहेर गर्नुभयो । आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दिपक श्रेष्ठले द्धन्द्धको अन्त्य भएपनि धम्की र अपहरण बढेको बताउनुभयो । उहाँले वर्षोनी आयोजना गरिने मेलाले समग्र आर्थिक विकासको लागि प्रोत्साहन गर्दै आएको दावी समेत गर्नुभयो । सभामुख सुवास नेम्वाङद्वारा उदघाटित राष्ट्रिय औद्योगिक व्यापार मेला नयाँबजारको प्रदर्शनीस्थलमा मंसिर २९ गतेसम्म संचालन हुने छ । मेलामा ३ सय २५ स्टलहरु राखिएको छ । बिहीबारबाट शुरुभएको उक्तम मेलामा कृषि तथा हस्तकलाको लागि ६०, सूचना प्रविधिको लागि २०, अटोको लागि १५, आइसक्रिमको लागि १२ लगायतका अन्य विभिन्न बस्तुहरुको लागि स्टल छुट्टायाइएको छ । मेलामा सहभागिहरुको लागि सुरक्षा, खानेपानी, आकस्मिक स्वास्थ्य उपचारको ब्यवस्था गरिएको गरिएको छ । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको रुपमा विकास गराउन ५४ वर्षेखि क्रियाशिल पोखरा उद्योग बाणिज्य संघले मेलाले पोखरा तथा समग्र यो क्षेत्रको आर्थिक उत्थानमा महत्वपूण भूमिका खेल्ने अपेक्षा गरेको छ । मेलामा औद्योगिक उत्पादन,कृषि, हस्तकला, अटो,उपभोग्य सामाग्रीहरु, सूचना प्रविधि, रेष्टुरेण्टका अलावा मनोरञ्जनात्मक गतिविधिहरु पनि समेटिएको छ । संघले स्थानीय संस्कृतिको संरक्षण गर्न लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन गरको छ । मेलालाई उद्यमशीलता सिक्ने ठाउँको रुपमा विकास गर्ने संघको लक्ष्य अनुरुप यसपटक मेला अवधीका हरेक दिनको बिहान १० देखि ११ बजेसम्मको समयलाई 'बिजनेस आवर' को रुपमा छुट्टयाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो- 'बिजनेस आवर भनेको उद्यमशील हुन चाहनेहरुको लागि परामर्श दिने समय हो ।' मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायीले विभिन्न प्याकेजको घोषणा गरेपछि थप आर्कषित हुने अनुमान गरिएको छ । मेलाको आयोजक पोखरा उद्योग बाणिज्य संघले मेला अबधिभर १२ करोडको आर्थिक कारोवार र २ लाखभन्दा बढीले मेला अवलोकन गर्ने अपेक्षा गरेको छ । मेला मुल आयोजक समितिका संयोजक एजी शेपाको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय प्रशासक रुद्रप्रसाद पौडेल, पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछाने लगायतले मेलाको शुभकामना व्यक्त गर्नुभएको थियो
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment