Friday, December 7, 2007
नेपाली पहिलो विमान डाँफे
ललितपुर, २१ मङ्सिर । नेपाली युवा प्राविधिकले नेपालमा पहिलोपटक तयार पारेको नेपाली विमान 'डाँफे' को आज यहाँ प्रदर्शनी गरियो । पुल्चोक इन्जिनियरिङ क्याम्पसका मेकानिकल समूहअर्न्तर्गत चौथो वर्षा विद्यार्थी रमेश रानाभाट, रवीन्द्र श्रेष्ठ, दीपेश पौडेल, बाबुराम खरेल, अनिल महर्जन र प्रशान्त मल्लले सो विमान तयार पार्नुभएको हो । विमानको प्रारूप भने अघिल्लो वर्षसोही समूहमा अध्ययन गर्ने विकास पराजुली र गणेशराम सिन्केमनले तयार पार्नुभएको बताइएको छ । नयाँ नेपाल निर्माणका लागि युवा एवम् प्राविधिकका तर्फाट गर्न सकिने योगदानको यो एउटा उदाहरण हो, प्रदर्शनी गर्न आज यहाँ आयोजित कार्यक्रममा पराजुलीले भन्नुभयो- हलुका विमानको व्यावसायिक उत्पादन गर्न पनि सकिने अवस्थामा पुगेका छौं। आफ्नै देशको स्रोत र साधन परिचालन गरी प्रविधिको विकास गर्न सकिन्छ भन्ने अभ्रि्रायले यसको निर्माण कार्य सुरु गरिएको हो 'डाँफे' निर्माण समूहका सदस्य रमेश रानाभाटले भन्नुभयो- 'डाँफे' नेपालमा निर्माण भएको पहिलो विमान हो जुन नेपालको लागि एक महत्वपुर्ण प्राविधिक फड्को हुन्छ भन्ने ठानेका छौं । विशेषगरी छोटो दूरीमा उडान गर्न सकिने सो विमानले एकपटकमा २०० कि.मीसम्म उडान भर्नसक्छ । डाँफेको तौल १४० के.जी. र क्षमता पाइलटसहित दर्ुइजना रहेको छ । हलुका विमानको तौल ४०० के.जीभन्दा तल हुनुपर्ने विश्वव्यापी मापदण्ड छ । डाँडापाखाले भरिएको नेपालजस्तो पहाडी एवम् हिमाली मुलुकका लागि सो विमान बहुउपयोगी हुने दावी गरिएको छ । छ हजार फीट उचाइसम्म उड्नसक्ने सो विमान हिमाली एवम् उपत्यकाकाको मनोरम दृश्यावलोकन लागि प्रभावकारी हुने र पर्यटन विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्नसक्ने आशा गरिएको छ । विमान अवलोकनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले नेपालीको शिर उच्च पार्ने ढङ्गले विमान निर्माण गर्ने युवालाई प्रोत्साहन दिन सरकारले विशेष चासो दिने बताउनुभयो । परीक्षण उडान अनुमतिका लागि आफ्नातर्फाट पुर्ण सहयोग रहने आश्वासन पनि मन्त्री गुरुङले दिनुभयो । डाँफेका लागि चाहिने इन्जिन रुसबाट ल्याइएको र निर्माण कार्यमा एभिया क्लब नेपाल प्रा.लि, इन्जिनियरिङ अध्ययन संस्थान, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल इन्जिनियर्स एसोसिएसनको सहयोग रहेको बताइएको छ । यसको परीक्षण उडान आगामी हप्ता पोखरामा हुने र रुसी चालक अलेक्जेन्डर मेक्सिमोले सो विमान उडाउने भएका छन् । सो विमान बढीमा रू.२० लाखमा तयार हुनसक्ने र यहीस्तरको विमान विदेशबाट आयात गर्नुपरेमा कम्तीमा रु ३५ लाख खर्च हुने बताइएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment