Friday, December 7, 2007

माओवादीले चन्दा नदिएको निहु“मा पर्यटक पिटिए

कास्की, मंसिर २० - पदयात्राबाट र्फकंदै गरेका एक विदेशी पर्यटकलाई माओवादीले चन्दा नदिएको निहु“मा कुटपिट गरेका छन् ।
राउन्ड अन्नपर्ूण्ाको पदयात्रा सकेर पोखरातर्फर्फकने क्रममा बुधबार स्विट्जरल्यान्डका ३१ वषर्ीय स्टेभ जिन्नेरिटलाई माओवादीले वीरेठा“टीस्थित चेकपोस्टमा कुटेका हुन् । उनलाई माओवादीका दर्ुर्ुइ कार्यकर्ताले चन्दा नदिएको भन्दै दाउराको चिर्पटले हानेका थिए ।
कब्जामा लिई कुटपिट गर्न थालेपछि उनले भागेर ज्यान बचाएका थिए । उनको टाउको, हात, त्रि्रा र कर्ुर्ुकुच्चामा चोट लागेको छ । टाउकाबाट रगतको धारा बगाउ“दै नीलडाम लिएर बिहीबार सा“झ पोखरा आइपुगेका उनी खोच्याएर हि“ड्छन् । उनी लेकसाइडको गौरीघाटस्थित होटल धर्माइनमा आराम गरिरहेका छन् ।
'म हि“डिरहेको थिए“, अचानक एउटा युवक पछाडिबाट दौडदै आएर मेरो हात च्याप्प समात्यो र माओवादी हु“ भन्दै पैसा माग्यो,' उनले भने- 'तर त्यहा“ माओवादीको कुनै कार्यालय अथवा बोर्ड थिएन, कर लिने ठाउ“ भए केही संकेत हुनुपर्ने सोच्दै म अगाडि बढें,' उनले थपे- 'उसले सबै पैसा तिरेर गएका छन्, पैसा नदिई जान पाइ“दैन भन्दै जबर्जस्ती समात्यो । म फेरि फुत्किए“ । केही पर पुग्दा नपुग्दै पछाडिबाट दाउराले हाने ।' उनीस“गै एकजना गाइड थिए । माओवादीले ती गाइडलाई समातेर पर्यटक स्टेभमाथि आक्रमण गरेका थिए । 'मैले नकुट्न आग्रह गर्दै
थिए“ । गाइडलाई समातेर बसेका अर्का माओवादीले पनि दाउराले हिर्काए,' उनले भने- 'उनीहरू तीन जना थिए । दर्ुर्ुइ जनाले कुट्न थालेपछि पर्खाल नाघेर ज्यान
बचाए“ ।' लमजुङको बेंसीसहर हु“दै थोरङपास, मुक्तिनाथ, तातोपानी हु“दै वीरेठा“टीसम्म आइपुग्दा रकम सकिएकाले चन्दा दिन नसकेको उनले बताए । पहिलोपटक नेपाल आएका उनी चितवन भ्रमण सकेर काठमाडौंबाट लमजुङ हु“दै अन्नपर्ूण्ा पदयात्रामा निस्केका थिए । 'यहा“को हिमाल, पहाड, नदी, प्रकृति र मानिसहरू निकै राम्रो र रमाइलो लागिरहेको थियो,' उनले भने- 'इन्टरनेटमार्फ जानकारी माग्दा चन्दा दिनै नपर्ने र दिए पनि स्वेच्छाका आधारमा दिए हुने पदयात्रा व्यवस्थापकले बताएका थिए ।' पदयात्राको व्यवस्थापन गर्ने एडभेन्चर इन्टरनेसनल टे्रकिङ प्रालि ठमेलका मुक्ति पाण्डेले माओवादीले स्टेभस“ग प्रतिदिन एक सयका दरले १८ सय रुपैया“ मागेको बताए ।
घटनाबारे उजुरी दिए झमेलामा फस्न सक्ने भन्दै उनले हालसम्म उजुरी दिएका छैनन् । उनी घाउ बिसेक भएर हि“ड्डुल गर्न सक्ने नभइन्जेलसम्म पोखरामै बस्ने भएका छन् । उनले स्वदेश फर्केपछि यस दुर्ुर्घटनाबारे आफन्तलाई केही नसुनाउने निचोड निकालेका छन् । उनले भने- 'म कुटिए पनि नेपाल मलाई मन परेकाले यहा“को राम्रो कुरा मात्रै सुनाउ“छु ।'
उनीस“गै गएका पथपर््रदशक अर्जुन पाण्डेले रकम नदिएकै कारण माओवादीले स्टेभमाथि निर्घर्ााकुटपिट गरेको बताए । 'प्याकेजमा आएकोले रकम सकियो छैनभन्दा पनि कुरै नसुनी चिपर्ट दाउराले भकाभक चुटे,' अर्जुनले भने- 'पहिला ऊ -स्टेभ) त सहेर नचलिकन बस्यो, तर बेस्सरी कुट्दा पनि हारगुहार नपाएपछि ज्यान जोगाउन ऊ नजिकैको पर्खाल नाघेर भाग्यो ।' भागेपछि माओवादीले पछाडिबाट चुच्चो परेको दाउराले झटारो हानेको बताउ“दै उनले भने- 'झटारोले लागेको भए उसलाई बेस्सरी चोट लाग्थ्यो ।'
पदमार्गमा माओवादी नदी किनारा नजिकै झन्डा गाडेर र कर्ुर्सर्ीीाखेर पर्यटकस“ग चन्दा संकलन गरेका जानकारी दि“दै उनले घटनापछि एक दिन वीरेठा“टीमा बस्ने योजना रद्द गरी उपचारका लागि पोखरातर्फआएकोे बताए ।
माओवादीले यस क्षेत्रमा चार महिनादेखि पर्यटकस“ग चन्दा उठाइरहेका छन् । जबर्जस्ती चन्दा नउठाउने नेतृत्वले बताए पनि पदमार्गका मुख्य ठाउ“हरूमा जबर्जस्ती चन्दा उठाउने क्रम जारी छ । माओवादीले वीरेठा“टी, धम्पुस, घोडेपानी र मनाङमा चन्दा उठाउने गरेका छन् ।
एक जनालाई दैनिक दर्ुर्ुइ सय रुपैया“ तोके पनि कसैस“ग त्योभन्दा बढी लिने गरेको गुनासो पर्यटकले गर्ने गरेका छन् । 'जबर्जस्ती नलिने भने पनि चन्दा नदिई पटक्कै जान दि“दैनन्,' नेपाल पर्वतारोहण संघ अन्नपर्ूण्ा शाखाका महासचिव एवं टे्रकिङ एजेन्सी पोखरा च्याप्टरका पर्ूवअध्यक्ष टीकाराम सापकोटाले भने- 'नदिए अवरोध खडा गर्ने भएकाले केहीबाहेक ९५ प्रतिशत पर्यटकले चन्दा तिरेकै हुन्छन् ।' कास्कीका माओवादी इन्चार्ज करणले पर्यटकस“ग जबर्जस्ती चन्दा माग्ने र कुटपिट गर्ने पार्टर्ीीे नीति नभएको दाबी गर्दै भने- र्'पर्यटकलाई कुटपिट गर्ने पार्टर्ीीे नीति होइन । वीरेठा“टीको घटनाबारे हामी छानबिन गर्र्छौं ।'

No comments: